कान्तिलोकपथ सडक अवरुद्ध
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
पोखरीमा डुबेर वृद्ध महिलाको मृत्यु
सप्तरीको राजगढ गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मलेकपुरस्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीय ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु भएको हो ।
भारी परिमाणको लागुऔषधसहित युवक पक्राउ
प्रहरीले भारी परिमाणको नियन्त्रित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित बारा निजगढ नगरपालिका ७ का २७ वर्षीय मुकेश दर्लामीलाई हिजो शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोकमा २४१ वटा इसाई मण्डली विस्तार
सिन्धुपाल्चोकमा इसाई धर्मावलम्बीहरुको २४१ वटा मण्डली विस्तार भएको छ । बाह्रबिसे नगर इसाई समाजको तेस्रो अधिवेशनका क्रममा उक्त सङ्ख्यामा इसाई धर्मसम्प्रदायको मण्डली विस्तार भएको जनाइएको छ ।
नेता आलमको निधनप्रति कांग्रेस मधेश प्रदेशद्वारा दुःख व्यक्त
नेपाली कांग्रेस मधेश प्रदेशले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधनप्रति दुःख व्यक्त गरेको छ ।
वडा–वडामा आँखा जाँच : मोतियाबिन्दु भएका ३२ को शल्यक्रिया
गुल्मीको मदाने गाउँपालिका, नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास र मदाने आँखा उपचार केन्द्र पुर्कोटदहको संयुक्त आयोजनामा तीन सय जनाको आँखाको जाँच गरिएको छ ।
मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, महिला पक्राउ
सप्तरीमा मोबाइल चोरीको आरोपमा महिलाले गरेको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेश कुमार यादवको कुटपिटबाट मृत्यु भएको हो ।
उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्दैै कामपा
काठमाडौँ महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
गोरखामा पाँच वटा मतदान केन्द्र थप गर्न माग
गोरखामा आगामी निर्वाचनलाई सहज र सुरक्षित रुपमा सम्पन्न गर्न गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा गोरखामा क्रियाशील राजनीतिक दलहरुले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेका छन् ।
बाँकेका स्पा, मसाज सेन्टर र खाजा घरमा प्रहरीको कडा निगरानी, १८ जना पक्राउ
बाँके जिल्लामा सञ्चालनमा रहेका स्पा, मसाज सेन्टर र कतिपय खाजा घरहरुमा समेत यौनजन्य अनैतिक गतिविधि बढ्दै गएको गुनासो सर्वसाधारणबाट उठ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ ।
तनहुँमा कोदो उत्पादन बढाउन किसानलाई प्रोत्साहन
रैथाने बालीको रूपमा मानिएको कोदोको बजार माग पछिल्लो केही वर्षयता निरन्तर बढ्दै गएको छ । विशेषगरी स्वास्थ्यप्रति सजग उपभोक्ताले कोदोका परिकार रोज्न थालेकाले उत्पादन बढाउन स्थानीय तह तथा विभिन्न कृषि निकायले किसानलाई प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् ।
जाजरकोटका ५२ वडावाट अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू
जिल्लाका ७ स्थानीय तहका ७७ वडामध्ये हालसम्म ५२ वडाबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस कार्य प्रारम्भ भएको छ ।
लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै
पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ ।
राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने
केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
सुनका गहना चोरी गर्ने पक्राउ
नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् ।
दुई लाख पुरस्कारको चक्रेश्वर भलिवलको उपाधी हरेवालाई
गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा सञ्चालन भएको भलिवल प्रतियोगीतामा प्रथम चन्द्रकोट गाउँपालिका–६ हरेवा बनेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइने
शीतलहर प्रभावितका लागि राहत वितरणको योजना बनाइ तत्काल परिचालन हुने संयन्त्र गठन गर्ने सर्लाहीका कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।
कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
सिद्धार्थलाई आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी
फेदीखोला गाउँपालिकाले आयोजना गरेको आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिद्धार्थ माध्यमिक विद्यालयले हात पारेको छ ।
रोकिएको सेवाप्रवाह समाधानका लागि विशेष गाउँसभा
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सङ्घीय सरकारको खर्च कटौतीसम्बन्धी परिपत्रले सिर्जना गरेको गम्भीर प्रशासनिक सङ्कट अन्त्य गर्न विशेष गाउँसभाले निर्णायक कदम चालेको छ ।
पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात सुरु भएको हो ।