• ६ मंसिर २०८२, शनिबार

भारी परिमाणको लागुऔषधसहित युवक पक्राउ

blog

लागुऔषध नियन्त्रण ब्युरो शाखा बर्दिवासले शुक्रबार साँझ पूर्वपश्चिम लोकमार्गबाट लागुऔषधसहित पक्राउ गरेको युवक । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीवास, मङ्सिर ६ गते ।
प्रहरीले भारी परिमाणको नियन्त्रीत लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित बारा निजगढ नगरपालिका ७ का २७ वर्षीय मुकेश दर्लामीलाई हिजो शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त टोलीले पैदल यात्री दर्लामीलाई बर्दिवास १ स्थित पूर्वपश्चिम लोकमार्गको भवसी पुल नजिकबाट बरामद गरेको जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो बर्दिवासकाक प्रमुख सरोज अधिकारीका अनुसार साँझको समयमा शङ्कास्पद रूपमा बर्दिवासतर्फ आउँदै गरेका दर्लामीले बोकेको झोला तलासी लिदा उक्त परिमाणको लागुऔषध भेटिएको थियो ।

दर्लामीसहित बरामद लागुऔषधलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाइएको ब्युरो प्रमुख अधिकारीले जनाउनु भयो ।

यस अघि कात्तिक १७ गते पनि ब्युरो प्रमुख अधिकारीकै टोलीले बर्दिवास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागुऔषध ओरोनेक्स सिरपसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।