ताप्लेजुङमा थपिए एक हजार ८५६ नयाँ मतदाता
ताप्लेजुङमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
आगलागी पीडितलाई राहत
ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाइसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
एनपिएलः आज दुई खेल हुँदै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् ।
अस्पताललाई ७० लाखको उपकरण सहयोग
लायन्स क्लवले रामपुर अस्पताललाई ७० लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ बुटवल स्टार र लायन्स क्लव अफ रामपुर पाल्पाको समन्वयमा अस्पतालको प्रयोगशालाका लागि आवश्यक उपकरण प्रदान गरेको हो।
‘उपभोक्ता समितिमार्फत बनेका योजनामा बढी बेथिति’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत काम हुने योजनामा बेथिति बढ्दै गएको बताउनुभएको छ।
सरकार–जेनजी सम्झौताको अन्तिम तयारीः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्नुभएको छ।
दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।
मधेश प्रदेशको स्वास्थ्य सूचकांकमा सुधार आवश्यक छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा अझै सुधारको खाँचो रहेको बताउनुभएको छ।
पथलैयाका जेनजी र प्रशासनबिच वार्ता
बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिको समाधानका लागि जेनजी समूहका प्रतिनिधि र स्थानीय सुरक्षा निकायबीच औपचारिक वार्ता भएको छ ।
साँगा-धुलिखेल सडक विस्तार सुस्त गतिमा
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ ।
वडावडामै योजना सम्झौता र बैंक खाता खोलिएपछि उपभोक्तालाई सहज
खोटाङको रावा बेसी गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरेको छ । अघिल्लो वर्ष जस्तै गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको हो ।
काश्मीर टाइम्समा आतङ्कवादविरोधी छापा, आरोप ‘आधारहीन’ भन्दै अस्वीकृति
भारतीय आतङ्कवाद विरोधी एकाइले द काश्मीर टाइम्स कार्यालयमा ‘आपराधिक षड्यन्त्र’मा संलग्नता भएको आरोपमा बिहीबार राति छापा मारेका छन् ।
थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी
थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो ।
तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गर्ने प्रतिबद्धता
नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्री कुलमा घिसिङले हुलाकी मार्गमा पर्ने भाँसिएको कमला पुलको निरीक्षण गर्नुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२–८३ को बजेट पारित गरेको छ।
राष्ट्रिय स्वयंसेवक फोर्सले सङ्कट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताउनुभएको छ ।
इन्डोनेसियामा पहिरो जाँदा १० को मृत्यु, १८ जना बेपत्ता
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
‘निर्धारित मितिमै चुनाव हुन्छ’
शुक्रबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित भरतपुरमा जेनजीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन तयारी व्यवस्थित ढङ्गले अघि बढिसकेको बताउँदै निश्चित रहन सबैलाई आग्रह गर्नुभयो ।
एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो
यहाँको दोधारा-चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ ।
नारायणघाट-बुटवल सडक आज र भोलि राति पाँच घण्टा बन्द हुने
सडक विभागले एक सूचना निकाली गैँडाकोट र नारायणघाटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि आज र भोलि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको हो ।
शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता जनाएको छ ।
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।