गोदाममा मल छ तर किसानले पाउँदैनन्
लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् ।
विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।
विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले पहिले ब्याटिङ गर्ने
आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।
‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ ।
पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने
पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ ।
पोखरीमा पुरुषको शव फेला
धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ ।
चिसोमा विद्यार्थीलाई न्यानो कपडा
पूर्वी मकवानपुरमा ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपालअन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुर तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा बागमतीमा रहेका सामुदायिक विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
क्यापिटल दङ्गाका १५ सयलाई ट्रम्पको माफी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६ को क्यापिटल दङ्गामा अभियोग लगाइएका करिब एक हजार पाँच सय जनालाई माफी दिनुभएको छ ।
नौ वर्षपछि एम्बुलेन्सको ऋण चुक्ता
‘कर छुट लिएका एम्बुलेन्सको दुरुपयोग’ समाचार प्रकाशनको प्रभावस्वरूप दुरुपयोग गरिएको एम्बुलेन्सको बक्यौता चुक्ता भएको छ । राज्यबाट भन्सार छुटमा खरिद गरी, सहकारी र अस्पतालको अभिलेखमा मात्र सिमित राखेर व्यक्तिले सञ्चालन गर्दै आएको एम्बुलेन्सको बक्यौता नौ वर्षपछि फरफारक भएको छ ।
योजनाको डिपिआर नै कपी पेष्ट हुँदा समस्याः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्तावनै कपी पेष्ट हुँदा आयोजना निर्माण र दीगोपनामा समस्या निम्तिएको बताउनुभएको छ ।
अवैध उत्खनन रोक्न चोर बाटो बन्द
धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोर बाटोहरु बन्द गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने चोर बाटोहरु जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ ।
चेरनेटा–बरौला सडक कालोपत्र हुँदै
ऐरावती गाउँपालिकाको प्रशासनिक केन्द्र बरौला पुग्ने सडक कालोपत्रेको काम भइरहेको छ । जम्मा २३ किलोमीटर लम्बाइको चेरनेटा–बरौला सडक खण्डमा अहिले कैरनदेखि पकला पार्कसम्मको ६ किलोमिटर सडक कालोपत्रेको काम चलिरहेको हो ।
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ । अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो ।
तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज
बाँकेमा पछिल्लो समयमा उद्योग तथा फर्महरु खारेज गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म छ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
टर्कीको एक रिसोर्टमा आगलागी : ७६ जनाको मृत्यु, नौ जना पक्राउ
उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्कीको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभयो ।
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।
आधुनिक पेट्रोल पम्पः पाँच महिनामा सकियो ६० प्रतिशत काम
नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ ।
शुद्धोदन बनाउन गाउँपालिकाद्वारा पहल सुरु
गौतम बुद्धको पिताको नामबाट स्थापना भएको रुपन्देहीको एक पालिकाको नाम नै अशुद्ध भएपछि सच्याउन पहल थालिएको छ ।
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
आयोजनाको संरचना तोडफोड गरेको आरोपमा युवक पक्राउ
ताप्लेजुङमा निर्माणाधीन जलविद्युत आयोजनाको संरचना तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।