कर्मचारी अभावले प्रतापपुरको सेवाप्रवाहमा प्रत्यक्ष असर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकैपटक ९२ जना कर्मचारी हटाएपछि सेवाप्रवाहमा असर पुगेको छ । गाउँपालिकाको तीन वटा शाखामा अहिले कर्मचारी छैनन् भने वडा कार्यालयको सेवाप्रवाहमा पनि प्रत्यक्ष असर पुगेको गाउँपालिकाले जनाएको छ ।
निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्नुपर्छ : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले हालै भएको युवा पुस्ताको विद्रोह र त्यसको प्रभावबारे गम्भीर प्रश्न उठाउनु भएको छ ।
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाख्रिवासमा हाइस दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर
धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ ।
सङ्घीय सरकारको निर्देशन कार्यान्वयन गरेनन् स्थानीय तहले
सङ्घीय सरकारले स्थानीय तहहरुलाई अस्थायी र करार सेवाका कर्मचारी हटाउन निर्देशन गरेको थियो । सङ्घीय सरकारले दिएको उक्त निर्देशन धनकुटाका पाँच स्थानीय तहले आजका दिनसम्म पनि कार्यान्वयनमा ल्याएका छैन ।
ट्याक्टरको ट्रलीले किचेर बालकको मृत्यु
सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा बिहीबर राति ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
तरकारीमा विषादीको बिगबिगीः परीक्षणको माग गर्दै व्यवसायी सङ्घद्वारा ज्ञापन पत्र
पश्चिम नवलपरासी जिल्लाका साप्ताहिक हाटबजारहरूमा बिक्री हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विषादी (केमिकल) को अनियन्त्रित प्रयोग भइरहेको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले गम्भीर चासो व्यक्त गरेको छ ।
तोकिएकै समयमा कार्यक्रम, खादा माला बन्द
गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पहिलो कार्यालय प्रमुखहरुको बैठकमै ३४ वटा महत्त्वपूर्ण निर्णय गराउनु भएको छ ।
कञ्चनपुरमा धानखरिद नहुँदा कृषक चिन्तित
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले धान खरिद बन्द गरेपछि कृषकहरु चिन्तित बनेका छन् । कोटा सकिएको भन्दै खाद्यले मङ्सिर ३ गतेदेखि धान खरिद बन्द गरिएको जनाएको हो ।
कलमखोला पुल निर्माणमा ढिलाइ
दाङमा बजेट अभावका कारण पुल निर्माणको काममा ढिलाइ भएको छ । दंगीशरण गाउँपालिका वडा नं. २ मा दमारगाउँ हुँदै गोलटाकुरी जोड्ने सडकखण्डको कमलखोलामा निर्माण हुन थालेको पुल बजेट अभावका कारण अलपत्र परेको हो ।
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज ।
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको भूमि घट्यो
कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा छ दशमलव शून्य आठ प्रतिशतले घटेको हो ।
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ ।
अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ ।
साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत
साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।
‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’
नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताउनुभएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पाख्रिबासमा माइक्रोबस दुर्घटना : १४ घाइते, तीनको अवस्था गम्भीर
धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् ।
निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकतासाथ अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयदेखि सुरक्षा निकायसम्म सबै संयन्त्र सव्रिmय रूपमा परिचालित भएका छन् ।
रेसुङ्गा सभाहल निर्माणः तीन वर्षमा ७० प्रतिशत भौतिक प्रगति
गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माणाधीन सभाहल निर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक सभाहल विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो ।
काठेखोला गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक स्तरोन्नति
निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको रेश जाने सडक छ पटक म्याद थपेपछि कालोपत्र गर्ने तयारी थालिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएको थियो ।
एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
पुस दोस्रो साता ‘आठौं बागलुङ महोत्सव’ हुने
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ ।