• ५ मंसिर २०८२, शुक्रबार

ट्याक्टरको ट्रलीले किचेर बालकको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, मङ्सिर ५ गते ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा बिहीबर राति ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किच्दा स्थानीय रामप्रवेश रायको छोरा चार वर्षीय आर्यन रायको मृत्यु भएको हो । घरमा पार्किङ गर्नेक्रममा ट्रलीमा चढेका बालक एक्कासी त्यहाबाट खस्दा ट्रलीको चक्काले किचेर मृत्यु भएको प्रहरी चौकी पर्साले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनापश्चात तनाव हुन सक्ने भन्दै पर्सा, नारायणपुर, सोकनाह, नोकेल्वा र सङ्ग्रापुर प्रहरी चौकीसहित जिल्ला प्रहरी कार्यालय मलङले जनाएको छ ।