घरजग्गा कारोबार क्रमशः ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो
देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ ।
माया खोलामा पुल नहुँदा दुई गाउँको ‘सम्बन्ध विच्छेद’
दंगीशरण गाउँपालिका वडा नम्बर ३ हेकुली र वडा नम्बर ५ सलौराबिचको सीमा क्षेत्र माया खोलामा अझै पनि पुल नबन्दा दुबै गाउँका बासिन्दा आवत–जावतमा वर्षौंदेखि समस्या भोगिरहेका छन् ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६४ पैसा र बिक्रीदर १४२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ ।
तयारीका लागि नेताहरुको नेतृत्वमा १३ उपसमिति गठन
नेकपा (एमाले) ले ११ औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनुभएको छ ।
सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउन सुझाव
सुदूरपश्चिम प्रदेशमा सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउनु पर्ने सरोकारवालाले औंल्याएका छन् । यस प्रदेशमा अनौपचारिक श्रमिकहरुको सामाजिक सुरक्षा आवद्धताको अवस्था न्यून रहेकाले आवद्धता बढाउनु पर्ने औंल्याएका हुन् ।
उपल्लो मुस्ताङको निषेध फुकुवा गर्न स्थानीय जनप्रतिनिधिको माग
मुस्ताङका स्थानीय जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङमा कायम रहेको ‘निषेधित क्षेत्र’को व्यवस्था पूर्ण रूपमा खारेज गर्न सरकारसँग माग गरेका छन्।
सुरक्षा परिषद्को बैठक : निर्वाचनमा सेना परिचालन गर्न सिफारिस
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
एनपिएल : लुम्बिनी लायन्सको विजयी सुरुवात
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित
ढाकामा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले केन्यालाई २८–२१ ले हरायो । यस जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।
क्यानडा पठाउने भनी छ लाख ठगी गर्ने पक्राउ
क्यानडा पठाउने भनी छ लाख रुपियाँ ठगी गर्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन् ।
प्रादेशिक अस्पताल भवन निर्माणको काम ३० प्रतिशत
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन दश तले भवनको निर्माण कार्य तिव्ररुपमा चलिरहेको छ । भवन निर्माणको भौतिक प्रगति ३० प्रतिशत पुगेको जनाइएको छ ।
जेनजी आन्दोलनका घाइतेलाई खर्च धान्न धाैधाै
जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
एनपिएल : चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४३ रनको मध्यम लक्ष्य दिएको छ ।
संयमता अपनाउन प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गर्नुभएको छ ।
गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
फ्रान्सेली वैज्ञानिकद्वारा क्यान्सर उपचारमा एमआरएनएको सम्भाव्यता परीक्षण
फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमता परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् ।
बङ्गलादेशमा काम चलाउ सरकार प्रणाली पुनः स्थापित
बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले काम चलाउ सरकार प्रणाली पुनः स्थापित गर्ने महत्वपूर्ण निर्णय सुनाएको छ ।
पाँचथरमा थपिए १७ सय ३१ मतदाता
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लामा एक हजार सात सय ३१ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता
गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिक जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्त समावेश गरिएका छन् ।
एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नु भएको छ ।
ट्राफिक प्रहरीद्वारा फेला परेका सवारी साधन हस्तान्तरण
प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धीत धनिलाई हस्तान्तरण गरेको छ ।