एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतले नेपाललाई दियो १० वटा बेलीब्रिज
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो।
नेपालको फिफा वरीयता खस्कने क्रम जारी
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान खस्किएर एक सय ८२औँ स्थानमा पुगेको छ ।
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षा
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
भलमन्सा नै चौकीदारको भूमिकामा
थारु समुदायमा सदियाैंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्नेक्रम सुरु भएको छ ।
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
खैरो हिरोइनसहित एक पक्राउ
धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ ।
कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने
नवलपुरको कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने भएको छ । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा शुक्रवार र शनिवार दुई दिनसम्म मुटुरोग परिक्षण शिविर आयोजना गरिएको हो ।
पाकिस्तानी सेनाद्वारा अफगान सीमाक्षेत्रमा २३ जना आतङ्ककारीको हत्या
पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।
नितिश कुमारको नयाँ रेकर्ड : दशौँ पटक विहारको मुख्यमन्त्री
जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
मौलाकालिका केवलकार सञ्चालनमा
जेनजी आन्दोलनमा आगजनी भएको मौलाकाली केबलकार आज देखि सञ्चालनमा आएको छ ।
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिमः डब्ल्युएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरुपमा वृद्धि भएको रिपोर्ट गरेको छ ।
प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार : विशेष अदालतमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको हिमाली गाउँपालिका–६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
ट्रम्प र मेयर-निर्वाचित ममदानीबिच शुक्रबार भेट हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर-निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गर्नु भएको छ ।
चुनावअघि बङ्गलादेश प्रहरीद्वारा नयाँ वर्दी सार्वजनिक, जनविश्वास पुनर्निर्माणको प्रयास
सामूहिक विद्रोहपछिको पहिलो राष्ट्रिय चुनाव केही हप्तामै नजिकिँदै गर्दा बङ्गलादेश प्रहरीले गहिरो रूपमा क्षतिग्रस्त भइसकेको जनविश्वास पुनर्निर्माण गर्ने आशामा नयाँ वर्दी अनावरण गर्दै सुधारको सङ्केत दिएको छ ।
सिमरामा आज पनि कर्फ्यू आदेश जारी : दुई जना पक्राउ
बाराको सिमरा क्षेत्रमा सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि आज बिहीबार पनि कर्फ्यू आदेश जारी गरिएको छ।
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी
मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् ।
पर्यटकको पर्खाइमा हिलेसिद्ध बाबा
गुल्मीको सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेकको हिलेसिद्ध क्षेत्र थुप्रै धार्मिक सांस्कृतिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो ।
बालाचतुर्दशीमा गलेश्वर शिवालयमा ६ लाख १२ हजार भेटी सङ्कलन
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा ६ लाख १२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध
बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाल बैँक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
नेपाल बैँक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ ।
दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४, केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ ९रिङ्गरोड०का रूपमा विकास गर्न थालिएको छ ।
झापाको दमकबाट लुटिएको हतियार पाँचथरको ओडारमा फेला
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान बन्दुक सहित गोली प्रहरीले बरामद गरेको छ ।
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।