काबुल (अफगानिस्तान), मङ्सिर ४ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरूपमा वृद्धि भएको रिपोर्ट गरेको छ ।
नोभेम्बरमा मात्र एक हजार भन्दा बढी डेङ्गुका घटना रेकर्ड गरिएको द खामा प्रेसले रिपोर्ट गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार तुलनात्मक रूपमा गत महिना देखि नङ्गरहार प्रान्तमा डेङ्गुका घटनाहरूको सङ्ख्या उल्लेखनीयरूपमा बढेको छ । यसैबिच, पन्जाबका विभिन्न क्षेत्रमा डेङ्गुको उच्च जेखिम रहको छ भने मुल्तान र फैसलाबादले सबै भन्दा चिन्ताजनक अवस्थाको सामना गरिरहेको बताइएको छ ।
दक्षिण पन्जाबका चिकित्सा कार्यकर्ताले पछिल्लो हप्तामा डेङ्गुका बिरामीको सङ्ख्या लगभग दस गुणा बढेको पुष्टि गरेका छन् । मुलतानका प्रमुख सरकारी अस्पतालमा डेङ्गुका कारण कयौँ बिरामीको मृत्यु भएको चिकित्सक र वरिष्ठ जनस्वास्थ्य विज्ञले बताएका छन् । रासस/एएनआई