• ४ मंसिर २०८२, बिहिबार

एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै

blog

टसपछि चितवन र लुम्बिनीका कप्तान । तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले  लुम्बिनी लायन्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।

लुम्बनी नेपाली राष्ट्रिय टोलीको समेत कप्तान रहनुभएका रोहित पौडेलको कप्तानीमा छ । यस्तै चितवन कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेल खेल्न लागेको लुम्बिनी एनपिएलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यता चितवन लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

 यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो ।