• ४ मंसिर २०८२, बिहिबार

खैरो हिरोइनसहित एक पक्राउ

blog

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा), असोस ४ गते । धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ । 

प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खण्डाको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा तीन वटा प्लास्टिकका पोकामा ३१० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्की धनकुटा नगरपालिका –१ स्थित त्रिसुलेस्थित अस्पताल प्लान्टमा काम गर्ने कामदार गर्ने रहेको खुलेको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उहाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।