काठमाडौँ, मङ्सिर ६ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ६१ पैसा र बिक्रीदर १६५ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ६१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ २२ पैसा र बिक्रीदर १७७ रुपियाँ ९६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९९ पैसा र बिक्रीदर ९२ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ४० पैसा र बिक्रीदर १०१ रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ २२ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ११ पैसा र बिक्रीदर नौ रुपियाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ०९ पैसा र बिक्रीदर २० रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १० पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४४ पैसा र बिक्रीदर ३४ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९१ पैसा र बिक्रीदर १४ रुपियाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०४ पैसा र बिक्रीदर २२ रुपियाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३५ पैसा र बिक्रीदर १८ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८० रुपियाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ १२ पैसा र बिक्रीदर ३७२ रुपियाँ ६८ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस