जकार्ता, मङ्सिर ५ गते । इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । विपद न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।
हाल सम्म सात वटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताउनु भएको छ । लामो समयसम्म परेको वर्षा, पाहाडमा अवस्थित दरारले माटोको तहलाई कमजोर बनाएको विपत्तिको आएको बताउदै मुहारीले चुनौतिपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताउनु भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घर क्षतिग्रस्त हुँदा १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेटअनुसार ९३४ बासिन्दालाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारी यस क्षेत्रमा तैनाथ गरिएको छ ।
खोजी प्रयासलाई तिन क्षेत्रमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्र सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइ तथा उपकरण प्रयोग गरिएको जनाइएको छ । रासस/सिन्ह्वा