• ६ मंसिर २०८२, शनिबार

आगलागी पीडितलाई राहत

blog

आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुहुँदै वाईसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबो । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, मङ्सिर ६ गते ।
ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाइसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ । मङ्गलबार मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोगसँगै राहत वितरण गरिएको हो ।

नेपाली कम्युनिष्ट पार्टी र वाइसीएल नेपालले आगलागीपीडितलाई नगद दुई लाख १९ हजार २२४ रुपियाँ सहयोग सहयोग गरेको वाइसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबोले जानकारी दिनुभयो । यस्तै रेडक्रस सोसाइटी ताप्लेजुङले म्याट्ससहित सरसफाइ किट, चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न राहत सामग्री वितरण गरेको छ ।

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।