• ६ मंसिर २०८२, शनिबार

सप्तरीमा पोखरीमा वृद्ध महिलाको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर ६ गते ।
सप्तरीको राजगढ गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मलेकपुरस्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीय ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु भएको हो ।

घरबाट करिब १० मिटर उत्तरतर्फ रहेको सार्वजनिक पोखरीमा लडुवती डुबेको अवस्थामा शुक्रबार उहाँका छोरा विष्णुदेव मण्डलले भेटनुभएको थियो ।

मृतको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जनानकारी दिनुभयो ।