प्रचण्डको नयाँ दल ‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो प्रमाणपत्र
निर्वाचन आयोग नेपालले आज नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता
निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
गुल्मीमा मतदाताको सहजताका लागि तीन मतदान स्थल थप गर्न सिफारिस
गुल्मीमा मतदाताहरुको सहजताका लागि तीन मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले थप गर्न आवश्यक जिल्लाका मतदान स्थलको अनुगमन गरिसकेको छ ।
पश्चिम नवलपरासीमा निर्वाचनको तयारी : १२ मतदानस्थल ‘अति संवेदनशील’
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदानस्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ ।
म्याग्दीका ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दी जिल्लामा ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ ।
मतदाता नामावली र राष्ट्रिय परिचय प्रणाली जोडिँदै
निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीचको अन्तरआवद्धता गर्ने सेवा सुरु गरेको छ।
अन्तरनिर्वाचन क्षेत्र र विदेशबाट मतदानको सम्भाव्यतामा छलफल
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्थाबारे सम्भाव्यताको विषयमा आज सिंहदरबारमा विस्तृत छलफल गर्नुभएको छ।
देशको शान्ति–सुरक्षा सामान्य, निर्वाचन तयारी तीव्र : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको र आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सम्पूर्ण तयारी अगाडि बढाएको बताउनु भएकाे छ ।
तनहुँमा मतदाता नामावली दर्ता तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा मतदाता नामावली दर्ता तीव्र गतिमा भइरहेको छ ।
बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ ।
नवलपरासीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
मतदाता नामावली सङ्कलनका लागि चार दिन मात्र बाँकी रहँदा पश्चिम नवलपरासीमा नाम दर्ता गर्नेको भिड लागेको छ ।
फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ।
गण्डकीका नयाँ मतदातामा उत्साह, थपिए साढे एघार हजार
आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी अहिले देशैभर मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम चलिरहेको छ
युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै देशभर मतदाता नामावली सङ्कलन कार्यले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने सेवाग्राहीहरूको घुइँचो लागिरहेको छ ।
हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल
जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ ।
निर्वाचन गराउन आयोग प्रतिबद्ध
निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगले नेपालको संविधान र मौजुदा कानुनबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाएको हो ।
निर्वाचनबारे पूर्व पदाधिकारीसँगको परामर्शमा आयोग
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ ।
बागमती प्रदेशमा मतदाता नामावली दर्ता गराउने युवाको सङ्ख्या अधिक
आगामी फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ता गराउनेहरुको विशेष घुइँचो लाग्दै आएको छ ।
विदेशबाटै नेपालीले मतदान गर्न सक्ने प्रविधि तयारीमा सरकार
प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिंदै गर्दा सरकारले फाल्गुन २१ गते हुने चुनावमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका सबै नेपाली नागरिकलाई विदेशबाटै कसरी आफ्नो मतदानको अधिकार प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायबिच छलफल गरेको छ।
एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।
गुल्मीमा १८ सयभन्दा बढी नयाँ मतदाता
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।
दाङमा १२ नयाँ मतदानस्थल थप्ने तयारी
दाङमा आगामी निर्वाचनका लागि १२ नयाँ मतदानस्थल थप्ने तयारी गरिएको छ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै निर्वाचनमा सबै मतदाताको भोट सुनिश्चिता गर्ने गरी जिल्लाका सात स्थानीय तहमा १२ मतदानस्थल थपका लागि प्रक्रिया अघि बढाइएको हो ।