• २२ फागुन २०८२, शुक्रबार

रौतहट–१ मा रास्वपाका राजेशको सुरुवाती अग्रता

blog

राजेशकुमार चौधरी ।

रौतहट, फागुन २२ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट  क्षेत्र नं. १  मा रास्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशकुमार चौधरीले सुरुवाती अग्रता लिनुभएको छ । 

दुई हजार ३०५ मतको गणना गर्दा चौधरीले ७०६ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका योगेन्द्र राय यादवले ५६७ मत, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ३१२ मत, नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले २८८ मत पाउनु भएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २२० मत पाउनु भएको छ ।