शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विजयकुमार साह
ढल्केबर, फागुन २२ गते । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४, धनुषामा मतगणना सुरु भएको छ । शुक्रबार दिउँसो १२ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिनुभयो ।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख २७ हजार ७७६ मतदाता छन् । तीमध्ये ८३ हजार ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाताको ६५ प्रतिशत मतदान हो ।
मतदाता विवरण अनुसार यस क्षेत्रमा महिला ५९ हजार १९५ र पुरुष ६८ हजार ५८१ मतदाता रहेका छन् ।
धनुषा–४ मा यस पटक ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।