• २२ फागुन २०८२, शुक्रबार

हुम्लामा सर्वदलीय बैठक बस्न ढिलाइ

blog

सर्वदलीय बैठकका लागि उपस्थित दल । तस्बिर : राजन रावन, हुम्ला

राजन रावन

हुम्ला फागुन २२ गते । जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आई पुगेको भए पनि मतगणना अघि बस्नु पर्ने सर्वदलीय बैठक बस्न ढिलाइ भएको छ ।

एमाले उम्मेदवार दलबहादुर फडेरा बाटोमा आउँदै गरेको कारण बैठक सुरु हनु नसकेको हो ।सर्वदलीय बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको भए पनि यो समाचार तयार तयार पार्दासम्म बैठक बस्न नसकेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो ।

 उहाँका अनुसार एमाले उम्मेदवार फडेरा बाटो आउँदै गरेको उहाँलाई पर्खिनु परेको कारण बैठक बस्न ढिलाइ भएको हो ।बैठक बस्न ढिलाई भएको कारण मत गणना कार्य कति बजेबाट सुरु गर्ने भन्ने कुरा समेत यकिन नभएको उहाँले बताउनुभयो ।

अन्य छ वटा दलका उम्मेदवार भने सिमकोटमा आइसक्नुभएको छ ।