• २२ फागुन २०८२, शुक्रबार

पर्सा- ३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

blog

वीरगन्ज (पर्सा), फागुन २२ गते ।  पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ । 

निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिनुभएको छ ।  यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७७१, नेकपा ९एमाले० का रूपेशकुमार पाण्डेले २३८ मत प्राप्त गर्नुभएको छ । 

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ र स्वतन्त्र नौ गरी २३ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रमा ९६ हजार पाँच सय ४२ मतदातामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको थियो । रासस