केशवराज भट्ट
बासुली (बैतडी), फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लाको मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जिल्ला अदालतको भवनमा सुरु गरिएको हो ।
सिगास गाउँपालिकाको लेकलुपुण माध्यमिक विद्यालय ‘क’ को बुथ केन्द्रबाट मतगणना सुरु गरिएको छ । जसमा ‘क’ र ‘ख’ गरी जम्मा ५५३ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले दिउँसो १ बजेदेखि मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार जिल्लामा वडागत रूपमा मतगणना प्रक्रिया अघि बढाइएको छ ।
बिहीबार सम्पन्न मतदानमा बैतडीमा ४६.७८ प्रतिशत मत खसेको छ । कुल ७१ हजार १४८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । साथै २ हजार ७० जना अस्थायी मतदाता रहेका छन् ।