शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, फागुन २२ गते । सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिनुभएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका महतोले ६३६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादवले २३२ र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले २०० मतका साथ पछ्याइरहनुभएको छ । यस्तै, नेपाली कांग्रेसका डा. सरोज कुमारले ४२ र नेकपा (एमाले) का नागेश्वर साहले २६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं. २ मा अहिले हरिपुर्वा नगरपालिकाका विभिन्न मतदान केन्द्रको मतगणना भइरहेको छ । जिल्ला समन्वय समितिको हल, मलङ्गवामा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।