• २२ फागुन २०८२, शुक्रबार

कैलाली–१ मा रास्वपाको अग्रता

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवालीले अग्रता लिनुभएको छ ।

कैलाली–१ मा ४ हजार २०१ मत गणना गर्दा रास्वपाकी उम्मेदवार ज्ञवालीले १ हजार २९३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले ९०२ मत पाउनुभएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार फागुराम थारूले ७६० मत, नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले ३४३ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूले २८५ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ५९ हजार ६१ मत खसेको छ ।

निर्वाचन अधिकृत देवराज भारतीका अनुसार तीन वटा स्थानमा एकै पटक मतगणना भइरहेकाले केही बेरमा ७ हजार मतको परिणाम सार्वजनिक गरिने छ ।