आयोग निर्वाचनको तीव्र तयारीमा छः कार्यवाहक आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।
बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम, निर्वाचनको तयारी तीव्र
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।
महोत्तरीमा २५८ मतदानस्थल कायम, १६३ मतदानस्थल अतिसंवेदनशील
महोत्तरीमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा दृष्टिले संवेदनशील तयारी गरिएको छ । जिल्लाका अधिकांश मतदानस्थलहरू संवेदनशील तथा अतिसंवेदनशील वर्गमा परेकाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
कास्कीमा २३०३ निर्वाचन प्रहरी भर्ना गरिने
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समिति कास्कीले बिहीबार यससम्बन्धी सूचना प्रकाशन गरेको हो ।
दस हजार तिरे दलले मतदाता विवरण पाउने
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।
समानुपातिकको मतपत्र छपाइ सुरु हुँदै
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ ।
नमूना मतपत्र छपाइ सुरु
समानुपातिक निर्वाचन प्रणालीका लागि जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा नमूना मतपत्र छाप्न थालिएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले कालीकोटबाट शाही सिफारिस
नेकपा एमाले कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
‘निर्वाचन व्यवस्थापन राष्ट्रप्रतिको दायित्व’
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थापन प्राविधिक कार्य मात्र नभई राष्ट्रप्रतिको दायित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धता भएकाले सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो ।
पूर्वमन्त्री विश्वकर्मा एकल सिफारिस
आगामी फागुक २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोट जिल्लाबाट नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : मधेशबाट चार सिटका लागि ११ जनाको उम्मेदवारी दर्ता
मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार जनकपुरधाममा शान्तिपुर्णरुपमा मनोयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय सभा निर्वाचन : ४४ जनाको उम्मेदवारी
२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ।
गण्डकीमा गठबन्धन, नेकपा र जनमोर्चाबाट उम्मेदवारी
नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्।
यी हुन् प्रमुख दलका राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ।
कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
३६ हजार चार जना मतदाता थपिए
सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
उपल्लो मुस्ताङको १६ मतदान स्थलको निरीक्षण
मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र सुरक्षाका लागि अनुगमनलाई तीव्रता दिइएको छ ।
ताप्लेजुङका २८ मतदान स्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् ।
गण्डकीमा राष्ट्रिय सभा चुनाव : २२९ मतदाता, ६३५७ मतभार
थिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ ।