बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी निर्वाचित हुनुभएको छ।
बाजुरामा कांग्रेसका गिरीको अग्रता कायम
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । गिरीले १५ हजार १८४ मत प्राप्त गर्नु भएको छ ।
नवलपुर–१ मा रास्वपाका गौतम निर्वाचित, ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत
नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा ३४ वर्षपछि नेपाली कांग्रेसको विरासत ढलेको छ। यस क्षेत्रमा कांग्रेसका बालकृष्ण घिमिरेलाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम निर्वाचित हुनुभएको हो।
दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी
दोलखामा सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
कैलाली–४ मा रास्वपाका खेमराज कोइराला विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरले विजयी हुनुभएको छ।
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की विजयी हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार कार्की १३ हजार १६६ मत प्राप्त गरी विजयी हुनुभएको हो।
महिला सशक्तीकरणमा सक्रियता आवश्यक : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिलाको अधिकार, समानता र सशक्तिकरण सुनिश्चित गर्न राज्य, समाज र सरोकारवाला सबै पक्षले अझ सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभएको छ।
निवर्तमान उपसभामुख मगर विजयी, सभामुख घिमिरे पराजित
झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर विजयी हुनुभएको छ।
मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी
मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
नारायणकाजी श्रेष्ठलाई हराउँदै सर्लाही–३ मा रास्वपाको विजय
सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार सानदार मतसहित निर्वाचित हुनुभएको छ । साह ४६ हजार ८९० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
बारा क्षेत्र–२ बाट चन्दन सिंह निर्वाचित
बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा रास्वपाले जिल्लाका सबै क्षेत्रमा उल्लेखनीय राजनीतिक सफलता प्राप्त गरेको हो।
धादिङमा रास्वपाको ‘क्लिन स्वीप’
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनुभएको छ ।
श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई विजयी
खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिव समेत रहनुभएका राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
पाल्पा २ मा रास्वपाका थापा विजयी
पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार माधव थापा दोब्बर मतान्तरसहित विजयी हुनुभएको छ । २६ हजार ७३६ मत ल्याएर थापा विजयी हुनुभएको हो ।
रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पश्चिमबाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको छ ।
बस्नेतको ‘लाल किल्ला’ तोड्दै जाजरकोटमा कांग्रेस विजयी
नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुुर बस्नेतको किल्ला तोड्दै नेपाली कांग्रेसका खडगबहादुर बुढा विजय हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार बुढाले दुइ हजार ६३५ मतान्तरले विजय हुनुभएको हो ।
हुम्लाबाट नेपाली कांग्रेसका जयपति रोकाया विजयी
हिमाली जिल्ला हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी हुनुभएको छ। मतगणना सम्पन्न हुँदा उहाँले फराकिलो मतान्तरसहित विजय हासिल गर्नुभएको हो।
पर्सा ४ मा रास्वपाका शाक्य विजयी
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार राति सम्पन्न भएको छ ।
कपिलवस्तु १ मा रास्वपाका आचार्य निर्वाचित
कपिलवस्तु प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २८८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता विजयी
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र कुमार गुप्ता विजयी हुनुभएको छ ।
कपिलवस्तु २ मा रास्वपाका थापा विजयी
कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी हुनुभएको छ । थापा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यलाई ६ हजार १०८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
जनसेवक बन्ने अठोट : निशाको दोस्रो संसदीय यात्रा
मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्षअघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोरियो ।
पौडेल शिक्षक, लेखक हुँदै सांसद
अघिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा–१४, मझेरीपाटनका बासिन्दा खड्कराज पौडेलले पोखरा महानगरको प्रमुखमा मनोनयन गर्दा उहाँलाई चिन्नेहरु छक्क परेका थिए ।
इलाम २ मा एमालेका सुुहाङ नेम्वाङ विजयी
इलाम २ मा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २२ हजार चारसय २६ मत प्राप्त गरी विजयी हुनुुभएको हो ।