• २४ फागुन २०८२, आइतबार

इलाम २ मा एमालेका सुुहाङ नेम्वाङ विजयी

blog

निर्वाचित हुनुभएका नेकपा (एमाले) का सुुहाङ नेम्वाङ । तस्बि : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २४ गते । इलाम २ मा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २२ हजार चारसय २६ मत प्राप्त गरी विजयी हुनुुभएको हो । 

उहाँका निकट्तम प्रतिद्वण्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभएको छ । नेम्वाङ सात हजार ७५० मतको अन्तरले विजयी हुुनुुभएको हो । यस पटक नयाँ दलका रुपमा आएको श्रम संस्कृति पार्टीका सुुदिप राईले १४ हजार चारसय मत प्राप्त गर्नुभएको छ । 

संविधानसभा अध्यक्ष सुुबासचन्द्र नेम्वाङको निधन भएपछि २०८१ को निर्वाचबाट प्रतिनिधिसभाको संसद यात्रा सुुरु गरेका नेम्वाङ १६ महिनाको संसद यात्रापछि पुनः निर्वाचनमा होमिनु भएको थियो । २०८१ मा २७ हजार ७७२ मत प्राप्त गरी विजयी बन्नुु भएका नेम्वाङले त्यसबेला पनि नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुुर खड्कालाई पराजित गर्नुु भएको थियो । २०८१ मा नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरि विजयी हुुनुुभएको थियो ।