३६ हजार चार जना मतदाता थपिए
सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
उपल्लो मुस्ताङको १६ मतदान स्थलको निरीक्षण
मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र सुरक्षाका लागि अनुगमनलाई तीव्रता दिइएको छ ।
ताप्लेजुङका २८ मतदान स्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् ।
गण्डकीमा राष्ट्रिय सभा चुनाव : २२९ मतदाता, ६३५७ मतभार
थिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ ।
राष्ट्रियसभा सदस्यको उम्मेद्वारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ ।
‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ।
शान्ति सुरक्षलाई भरपर्दो र बलियो बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ।
बर्दियामा तीन लाख २३ हजार मतदाता
बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्।
निर्वाचन आचारसंहितामा दण्डात्मक व्यवस्था
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचारसंहितालाई सुधारात्मकसँगै दण्डात्मक विषय पनि समेटेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचारसंहितालाई बढी नैतिकतासँग जोडिए पनि अहिले कानुन अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनुभएको हो ।
प्रविधिको दुरुपयोग रोक्न आयोगले सबै संयन्त्र प्रयोग गर्ने
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।
कार्यालय प्रमुखहरुलाई निर्वाचन लक्षित निर्देशन : जिल्ला नछाड्नु, गाडी दुरुस्त राख्नु
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ) सँग अनुमति लिन निर्देशन दिइएको छ ।
बाजुराबाट ११ जनाको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
एमालेबाट बागलुङ–१ मा तीन र २ मा एक जना सिफारिस
नेकपा (एमाले) बागलुङले बागलुङ क्षेत्र नं. १ मा तीन जना र क्षेत्र नं. २ मा एक जनाको नाम सिफारिस गरेको छ ।
स्याङ्जामा एकै वडाबाट तीन जना समानुपातिक सूचीमा
आगामी फागुन २१ गतेको हुने निर्वाचनका लागि स्याङ्जाको एकै वडामा तीन जना समानुपातिक सूचीमा परेका छन् । जिल्ला भित्रै विभिन्न पार्टीबाट सात जनाको सिफारिस हुँदा यहाँ एकै वडाका तीन जना परेका हुन् ।
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।
निर्वाचन सफल पार्नु सबैको साझा कर्तव्य हो :अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिममा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी
सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।
तनहुँमा एमालेद्वारा उम्मेद्वार सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले तनहुँले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
रौतहट १ मा एमालेबाट अजय गुप्ताको एकल सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य अजयकुमार गुप्ताको नाम सिफारिस गरेको छ ।
बैतडीमा पाँच नयाँ मतदानकेन्द्र थपिए
बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाँच वटा मतदान केन्द्र थपिएका छन् । मतदातालाई नजिकैबाट मतदानको सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्लामा मतदान केन्द्र थप गरिएको हो ।
एमाले नेता श्रेष्ठको एकल नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको केन्द्रीय सदस्य एवम् पूर्व न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री लिालानाथ श्रेष्ठको एकल नाम सिफरिस भएको छ ।
स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट एमालेका २१ जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावको लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम सिफारिस भएको छ । एमालेको क्षत्रीय समितिले १ बाट ६ जना र २ बाट १५ जनाको नाम सिफारिस गरेको हो ।
निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।