शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तिविलास पोखरेल
गाईघाट, फागुन २४ गते । उदयपुरको क्षेत्र नं –२ मा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सूर्यबहादुर तामाङ विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तामाङले १४ हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उदयपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बर बहादुर रायामाझीले सतहजार ६४८ मत प्राप्त गर्नुभएको छ ।