अस्मिता पोखरेल
धादिङबेंसी, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलालाई पाँच हजार ८ सय ६६ मतान्तरले पराजित गर्नुभएको हो ।
अन्तिम मत परिणामअनुसार श्रेष्ठले २६ हजार १४५ मत प्राप्त गर्नुभएको छ भने धमलाले २० हजार २७९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी, नेकपा (एमाले) का उम्मेदवार धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले नौ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।
१३ स्थानीय तह रहेको धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं–२ मा सदरमुकामसहित एक नगरपालिका र छ गाउँपालिका पर्छन् । कुल एक लाख ३८ हजार ५९४ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ५१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।