घोङी बिक्री गरि जिविकोपार्जन गर्दै मुसहर–माझी समुदाय
महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा मुसहर–माझी समुदायका महिलाहरु घोङी बिक्रीका लागि ग्राहक कुर्दै बसेका छन्।
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
सहकारीको सङ्कट टार्न पूर्वसतर्कता अभियान
सहकारी क्षेत्रमा बढ्दो वित्तीय जोखिम र बचतकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूलाई सङ्कटबाट जोगाउन पूर्वसतर्कता अभियान सुरु गरिएको छ ।
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
सहकारीमार्फत मौरीपालन विस्तार
भूमिकास्थान नगरपालिकाले मौरीपालन गरी मह उत्पादन गर्ने जिम्मा कृषक सहकारी संस्थालाई दिएको छ । वडा नम्बर १ र २ को ढाकावाङमा रहेको प्रगति कृषक सहकारी संस्थालाई ४७ थान मौरीसहितका घार र सामग्री उपलब्ध गराएको हो । नगरले वडा नं. ९ को ढिकुरा, १० को धनचौरलगायत सम्भावित क्षेत्रलाई मौरी पकेट क्षेत्र घोषणा गरी कृषकलाई मौरीपालन वृद्धि गर्न विभिन्न घार वितरणदेखि प्राविधिक सहयोग गर्दै आएको छ ।
बाँकेमा एउटा मात्रै छोटी भन्सार
बाँकेमा सशस्त्र द्वन्द्वकालअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावली अनुसार एउटा मात्रै कायम हुने भएको छ । नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार बाँकेमा छोटी भन्सारका रूपमा नरैनापुर मात्रै उल्लेख गरिएको छ ।
उन्नत बिउले बढायो गहुँ उत्पादन
यस वर्ष गहुँको उत्पादन २.५ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्र्ष २०८२/८३ मा छ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा २१ लाख सात हजार मेट्रिक गहुँको उत्पादन भएको छ । गत आव २०८१/८२ मा छ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा २० लाख ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो ।
सहकारीका ऋणीको थप नाम सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दोस्रो चरणमा ११ समस्याग्रस्त सहकारीका १०९ ठुला ऋणीको नाम सार्वजनिक गरेको छ । सहकारी बचत फिर्ताको दबाब बढिरहेका बेला समितिले ठुला ऋणीमाथि सार्वजनिक दबाब सिर्जना गर्ने रणनीति अघि बढाएको छ । समितिले ‘ठुला ऋणीको नामावली प्रकाशन–२’ शीर्षकमार्फत ११ वटा समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित १०९ जना ठुला ऋणीको विवरण सार्वजनिक गरेको हो । यसअघि समितिले पहिलो चरण अन्तर्गत १० समस्याग्रस्त सहकारीका ८७ ठुला ऋणीको नाम सार्वजनिक गरेको थियो ।
नेपाल–भारत विद्युत् व्यापार सम्झौता : संसदबाट अनुमोदन गर्न नपर्ने
सर्वोच्च अदालतले नेपाल र भारतबिच भएको ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट–२०२४’ सङ्घीय संसद्का दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।
भैरहवा नाकाबाट छुट्न थाले सामान
अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख अनिवार्य गर्ने व्यवस्थाका कारण अवरुद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ । भन्सारविन्दुमै एमआरपी, ब्रान्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि १० दिनदेखि आयात प्रक्रिया प्रभावित थियो । विभागले आयातकर्ताबाट लिखित स्वघोषणा गराएर तत्कालका लागि सामान छुटाउन दिने व्यवस्था गरेपछि रोकिएका सामग्री भन्सारबाट छुट्न थालेका हुन् ।
डिडिसी सुधार गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले धराशायी बन्दै गएको दुग्ध विकास संस्थान (डिडिसी) लाई सुधार गर्न निर्देशन दिनुभएको छ । संस्थान लामो समयदेखि घाटामा गएको, किसानले भुक्तानी नपाएको र आन्तरिक व्यवस्थापन भद्रगोल भएको गुनासो आएपछि मन्त्री चौधरीले शुक्रबार संस्थानको बालाजुस्थित दुग्ध विकास आयोजनाको निरीक्षण गरी सो निर्देशन दिनुभएको हो ।
रायो सागमा अत्यधिक विषादी
कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायो सागमा अत्यधिक विषादी फेला परेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । सो मात्रा उपभोगका लागि अयोग्य रहेको जनाइएको छ ।
भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन हुने
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ ।
सवारी विद्युतीय बनाउन छैन मापदण्ड
डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीयमा परिवर्तन गर्न सकिने कानुनी व्यवस्था भए पनि व्यावहारिक रूपमा स्पष्ट मापदण्ड नहुँदा सेवाग्राही अन्योलमा परेका छन् । कस्ता सवारी रूपान्तरण गर्न मिल्छ ? भन्नेसम्मको पनि स्पष्टता नहुँदा कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन । इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न मिल्ने कानुनी व्यवस्था तत्कालीन मन्त्रीपरिषद्ले निर्णय गरी २०८२ कात्तिकमा राजपत्रमा प्रकाशित गरिसकेको छ । कानुनतः विद्युतीयमा रूपान्तरण गर्न सकिने व्यवस्था छ । तीन वर्षसम्म उक्त राजपत्रको सूचनाले काम गर्ने र त्यसपछि नयाँ कानुन निर्माण भइसक्ने अवस्था भएकाले कानुनतः समस्या नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
महानगरको बिचमा अस्थिपञ्जर भवन
सङ्घीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ ‘भ्यु टावर’ समयमै सम्पन्न नहुँदा सहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ । मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण सुरु गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्तापाताले घेरिएको र अधुरो कङ्क्रिट संरचना अस्थिपञ्जर जस्तो देखिन्छ ।
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो
सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ ।
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ ।
निःशुल्क माटो परीक्षणबाट किसान लाभान्वित
बाँकेको कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले किसानहरूका माटोको नि:शुल्क परीक्षण गरेको छ । निःशुल्क माटो परीक्षणबाट सयभन्दा बढी किसान लाभान्वित बनेका छन् ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २७५ कायम भएको छ ।
आगामी बजेटले निजी क्षेत्रको लगानी आकर्षित गर्ने
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
पढ्दै कमाउँदै मंगला माविका विद्यार्थी
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख २५ गते । मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढ्दै कमाउदै गर्न थालेका छन् । विद्यालयमा सञ्चालित प्राविधिक धार तर्फको बालीविज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी पनि गर्ने गरेका हुन् । विद्यालयमा प्राविधिक धार कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो मेहनतबाट आम्दानी पनि गर्ने गरेका हुन् । बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र करेशाबारीमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै सिजन अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबियाचौर बजारमा बिक्रीका पनि लागि लैजाने गरेका छन् ।विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ५ रोपनी जग्गा भाडामा लिएर तरकारी लगाइएको छ । उक्त जग्गामा उत्पादन भएका तरकारीलाई टिपेर बावियाचौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण कँडेलले बताउनुभयो ।उहाँकाअनुसार यस सिजनमा साग र जुकिनी बिक्री गरिएको छ भने गोलभेडा फल्ने क्रममा रहेको छ । विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले बताउनुभयो ।उहाँक अनुसार विद्यालयबाट अहिले सम्म तीन ब्याचले कक्षा १२ उत्तिर्ण गरेर निस्केका छन् । हाल सम्म ५० जना हाराहारी विद्यार्थीहरुले विद्यालय स्तरको अध्ययन पुरा गरेका छन् भने अहिले कक्षा ९ मा पनि विद्यार्थीको चाप राम्रो रहेको छ ।साविकको शिक्षा विभाग हालको शिक्षा तथा मानव संसाधन विभागबाट ५३७ वटा प्राविधिक धारका विद्यालयहरु रहेको मंगला गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेश कटुवालको भनाई छ । कटुवालकाअनुसार विभागले प्राविधिक शिक्षलाई गरिखाने शिक्षाको रुपमा विकास गरेको हुँदा यो धार तर्फ अध्ययन गर्नु आफु सँग प्रयोगात्मक सिपको विकास गर्नु र परिवारका लागि पनि आम्दानी सहितको दक्ष जनशक्ति उत्पादन गर्ने भएकाले यस तर्फ अभिभावकले ध्यान दिनु पर्ने हुन्छ ।मंगला माध्यमिक विद्यालयले उत्पादन गरेको तरकारी अहिले बावियाचौर बजारमै खपत हुने गरेको छ । विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ, विद्यार्थीले लगाएको तरकारीको बजार खोज्न समेत सघाउँछौ विद्यालयका प्रअ खत्रीको भनाइ छ । टनेलभित्र तथा खुल्ला स्थानमा टमाटर सहित अन्य तरकारीजन्य उत्पादनको विधि र प्रक्रियाका बारेमा शिक्षकले सिकाउने गरीएको छ ।मंगला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द विश्वकर्माले छोटो समयमा उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने र प्रयोगात्मक अभ्यासका रुपमा जग्गा भाडामा लिएर शुरु गरेको सुनाउनुभयो ।विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि मंगला माध्यमिक विद्यालयमा उचित छात्रावास तथा पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत मंगला गाउँपालिका वडा नम्बर २ र विद्यालयको समन्वयमा प्रयाप्त फिल्डमा आफ्नो क्षमता अनुसार कमाउन पनि सकिन्छ ।विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको कक्षा ११ मा अध्ययनरत सुप्रिया आचार्यको भनाई छ ।मंगला माविले भाडामा लिएको जग्गामा विगतमा च्याउ खेती समेत गरेको थियो । अब विद्यार्थीलाई च्याय खेतीसहित बजारको माग अनुसारका उत्पादनमा समेत प्रोत्साहन गर्ने विद्यालयले जनाएको छ ।विद्यालयले भाडामा लिएर व्यवस्थापन गरेको जग्गामा मौसमी तथा बैमौसमी तरकारी लगायतका कृषि उपज फलाउन बारेमा शिक्षकले करेसाबारीमै लगेर सिकाउँदा विद्यार्थी उत्साहित हुने गरेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई सञ्चालित मंगला माविमा हाल ५२ जना विद्यार्थी अध्ययनरत छन् ।
कफी खेतीप्रति आकर्षित कात्तिकेका किसान
कुनैदिन नचिनेर जथाभाबी फ्याँकिएको कफीका बिरुवा दोलखाको भीमेश्वर नगरपालिका–५ कात्तिकेका किसान रामशरण बुढाथोकीलाई अहिले गुजाराको राम्रो स्रोत बनेको छ ।
दक्षिण एसिया व्यापार मेला सुरु
दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिद्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरो (इपिबी) को सहकार्यमा सञ्चालन हुन लागेको हो । यस कार्यक्रमलाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ । देशभित्र लामो समयदेखि सुस्ताएको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबिच यो मेला निजी क्षेत्रका लागि पुनः सव्रिmय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।