अमेरिकी मौद्रिक नीतिमाथि ट्रम्पको नियन्त्रण भएमा ‘गम्भीर खतरा’ : इसिबी प्रमुख
युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताउनुभएको छ ।
एनआइसीको साथी घर कर्जा
एनआइसी एसिया बैङ्कले तीन करोडसम्म रुपियाँसम्मको घर कर्जा प्रदान गर्ने उद्देश्यले ‘एन आइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासाथ बैङ्कले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने बैङ्कले जनाएको छ ।
औद्योगिक ग्रामको काम अलपत्र
बजेट हुँदाहुँदै औद्योगिक ग्राम निर्माणका लागि जग्गाको टुङ्गो भई विस्तृत अध्ययन प्रतिवेदन बनिसक्दा पनि काम अघि बढ्न सकेको छैन । मेलौली नगरपालिकाको कफलानीमा औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले ९२ लाख रुपियाँ पठाए पनि वातावरणीय अध्ययन प्रतिवेदन तयार हुन नसक्दा चार वर्षसम्म काम अघि बढ्न नसकेको हो ।
‘विकासविरोधीलाई कानुनी रूपमा निस्तेज गर्न जरुरी’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको विकासनिर्माणमा अवरोध गर्ने, सानोतिनो बहाना बनाएर मुद्दा हाल्ने, अन्तरिक आदेश लिने प्रवृत्तिलाई कानुनी रूपमा निस्तेज गर्न जरुरी भएको बताउनुभएको छ ।
‘सरकार वातावरण सिर्जना गर्न प्रयासरत’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनुभएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारण सभाको आइतबार यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउन र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।”
मूल्य घटे पनि रुनु नपर्ने खेती
इलामको रोङ गाउँपालिका–३, मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैँची टिप्न भ्याइनभ्याइ छ । यसबेला चिसो र लेकमा अलैँचीले फल छोड्दै छ भने बेँसीका खेतमा पाक्नै लागेको छ ।
किसानको फोनपछि बारीमा मन्त्री
सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका–४, साल्तडाका किसानले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन् । ती किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा अनुगमन गर्नुभएको छ ।
भारत जाने श्रमिकलाई व्यवस्थित गरिँदै
सरकारले भारतमा काम गर्न जाने नेपाली श्रमिकको अधिकार संरक्षणका लागि छुट्टै कोष स्थापना गर्ने नीति अख्तियार गरेको छ । तेस्रो मुकुकमा कामका लागि बिदेसिने नागरिकका लागि व्यवस्था गरिएको वैदेशिक रोजगार कल्याणकारी कोष जस्तै उपयुक्त मोडेल निर्माण गरी क्रमशः आबद्ध गराउँदै लगिने नीति अघि सारिएको हो । राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ मार्फत भारत जाने श्रमिकलाई पनि व्यवस्थित गर्ने नीतिगत व्यवस्था गरिएको हो ।
एनबिआईको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को १९औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
सिएसआरको खर्चमा कडाइ
बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सिएसआर) को रकमलाई मनोमानी ढङ्गले खर्च गर्न थालेपछि यसलाई कडाइ गरिने भएको छ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त संस्था तथा पूर्वाधार विकास बैङ्कले गर्ने संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सिएसआर) मा नेपाल राष्ट्र बैङ्कले कडाइ गर्न लागेको हो ।
पैँसट्ठी अर्ब वैदेशिक लगानी प्रतिबद्धता, भित्रियो बाह्र अर्ब
आर्थिक वर्ष २०८१/८२ मा मुलुकमा लगानी गर्ने भनेर झन्डै ६५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आउँदा १२ अर्ब रुपियाँ मात्र लगानी भित्रिएको छ ।
दशक लामो प्रयास, उपलब्धि कमजोर
पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखि प्रयास भए पनि अपेक्षित उपलब्धि भने न्यून रहेको छ ।
सूर्यकोट सहकारी ७० लाख नाफा कमाउन सफल
कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहुलियतपूर्ण कर्जामा नयाँ व्यवस्था
बैङ्क तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी कर्जामा अधिकतम पाँच करोड रुपियाँसम्म प्रवाह गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि, २०८२’ अनुसार यो व्यवस्था भएको हो ।
चीनमा मासुलगायत कृषिवस्तु निर्यातमा सहजीकरणको आग्रह
नेपालबाट भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गएिको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबिच बिहीबार काठमाडौँमा भएको बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाइएको छ ।
गुलियो उखुको तितो स्वाद लिएर फर्कंदै उखु किसान
छ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा उखुका लाँक्रा बोकेर आन्दोलनमा रहेका बाराका किसान हरिचन्द यादव रित्तो हात घर फिर्दै हुनुहुन्छ । उहाँ रिन काढेर खल्तीमा १० हजार रुपियाँ हालेर सरकारले दिने भनेको उखुको अनुदानबापतको ३५ हजार रुपियाँ लिन आउनुभएको थियो । उहाँ ३५ हजार लिएर होइन १० हजार पनि सकेर घर फिर्ने हुनुभएको हो ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
उद्योग स्थानान्तरणमा सर्वोच्चको परमादेश, साठीभन्दा बढी उद्योग प्रभावित हुने
सर्वोच्च अदालतले गौतम बुद्धको जन्मस्थल लुम्बिनीआसपासका उद्योग सार्न जारी गरेको आदेशले ६० भन्दा बढी उद्योग स्थानान्तरण गर्नुपर्ने भएको छ । अदालतले दुई वर्षभित्र उद्योग स्थानान्तरण वा बन्दको आदेश गरेपछि एकै पटक त्यस क्षेत्रका सिमेन्ट, इँटा, स्टिललगायतका उद्योग सार्नुपर्ने भएको हो ।
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी
उडान शून्य रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले उडान पुनः उडान सुरु गर्न लागेका छन् ।
दोब्बर महँगियो दसैँका लागि हवाई टिकट
नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ । दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ । सुगमका गन्तव्यको टिकट शुल्कसमेत झन्डै दोब्बर पुगिसकेको छ ।
दस बैङ्कको अन्तर्राष्ट्रिय लेखा परीक्षण गर्न सम्झौता
दस ठुला वाणिज्य बैङ्कको अन्तर्राष्ट्रिय गुणस्तरको पूर्ण लेखा परीक्षण गर्न बिहीबार सम्झौता भएको छ । नेपाल राष्ट्र बैङ्कले १० ठुला वाणिज्य बैङ्कको सम्पत्ति गुणस्तर परीक्षण गर्न बङ्गलादेशको हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनोट गरेको थियो । उक्त कम्पनी र राष्ट्र बैङ्कबिच बिहीबार सम्झौता भएको हो ।
खानेतेल भारत जाँदा नेपालमा महँगो
पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर ४० रुपियाँसम्म वृद्धि भएको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर २५ देखि ४० रुपियाँसम्म बढेको छ । गत फागुनमा प्रतिलिटर ३७० रुपियाँमा बिक्री भएको भुटेको तोरीको तेलको मूल्य अहिले प्रतिलिटर ४१० रुपियाँ पुगेको छ ।
हाइड्रोजन उद्योगको विस्तृत सम्भाव्यता अध्ययन हुने
नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । बिहीबार लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सुरक्षाकर्मीबाटै चिनी गायब
नेपाल–भारत सीमावर्ती नाका बैरगनियाबाट अवैध रूपमा नेपाल भित्रिएको सात सय बोरा तस्करीको चिनी बरामद गरी भन्सारमा बुझाउने क्रममा गायब भएपछि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । सशस्त्र प्रहरी मुख्यालयको कानुन महाशाखाले ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतलाई हेडक्वार्टर तानेर अनुसन्धान सुरु गरेको हो । बस्नेतसँगै सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामा र राजेन्द्र बस्नेतलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ ।