सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई घडेरी कर्जा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले घडेरी किन्ने ऋणका लागि सात जनाले कोषमा निवेदन दर्ता गराएका छन् । कोषको योजनामा १८ महिनासम्म नियमित योगदान गरेका योगदानकर्ताले घडेरी किन्नका लागि कोषमा निवेदन दिएका हुन् ।
दुई बिमा कम्पनीलाई कारबाही
बिमाशुल्कमा अनधिकृत छुट दिएको र स्वामित्वसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको आरोपमा नेपाल बिमा प्राधिकरणले दुई बिमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले बजार अनुशासन कायम गर्न भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई दुई लाख रुपियाँ र स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई पाँच हजार रुपियाँ जरिबाना गरेको हो ।
सोह्र युरोपेली देशसँग श्रम समझदारीको पहल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको हो ।
प्राधिकरणको निमित्त कार्यकारीमा श्रेष्ठ
नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायुकुमार श्रेष्ठलाई दिइएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत मङ्गलबार उहाँलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
सुनको आयात र कारोबार दुवै घट्यो
सुनचाँदीको कारोबारमा ९० प्रतिशतले गिरावट आएको छ । बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । निरन्तर मूल्य बढ्दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप
अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ ।
तेलको मूल्य घट्दा अमेरिकी शेयर बजार सुधार
मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ ।
राजस्व चुहावट नियन्त्रण
मुलुकमा लगभग दुई तिहाइ बहुमत भएको सरकार गठन भएको छ । यो सरकार गठन हुनुपूर्व नै राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपियाँ बजेटको आकार तोकेको छ । यस्तो बजेटका लागि करिब १४ खर्ब ५० अर्ब रुपियाँ आन्तरिक राजस्व असुलीबाटै पु¥याउनुपर्ने हुन्छ । चालु आव २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट घोषणा गरिएको थियो । यस्तो खर्च थेग्ने स्रोतमा राजस्वको अंश १४ खर्ब ८० अर्ब रुपियाँ तोकिएको थियो । यसलाई मध्यावधि समीक्षाबाट १२ खर्ब ९८ अर्ब रुपियाँमा झारिएको छ, जस अनुसार २०८२ चैत मसान्तसम्मको असुली आठ खर्ब ९१
सुनचाँदीको मूल्य आज पनि बढ्यो
बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ ।
ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।
ऊर्जामा अग्रगामी निर्णयको प्रतीक्षा
कागजी लेखाजोखा र नियामकका दुईधारे नियमको बन्धनमा रुमल्लिएका ऊर्जा विकाससँग सरोकार राख्ने फाइल आजको दिनमा अग्रगामी निर्णयको प्रतीक्षामा छ । अनिश्चय र अनिर्णयको बन्दी बनेका योजनाले अब सुशासनको यात्रामा मूलभूत योगदान गर्न चाहन्छन् । प्रगतिप्रतिको यो आकाङ्क्षालाई नयाँ सरकारले थप गतिशील बनाउने अपेक्षा छ । नेपालको ऊर्जाक्षेत्र अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विषय तथ्याङ्कले नै स्थापित गर्दै आएको छ । विद्यमान नीति, ऐन, नियमकै परिधिमा पनि ऊर्जाक्षेत्रले उत्साहप्रद योगदान दिएको देखिन्छ । चालु वर्षमा सबैभन्दा तीव्र वृद्धि हुने क्षेत्र विद्युत् तथा ग्यास रहने देखिए
पर्यटन क्षेत्र नकारात्मक छविबाट मुक्त हुँदै
पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक वृद्धिका लागि सुशासन र पारदर्शिता अपरिहार्य तत्व हुन् । यसले पर्यटन सेवाको गुणस्तर सुधार गर्नुका साथै पर्यटकको विश्वास बढाउन मद्दत गर्दछ । विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्र नीतिगत अस्थिरता, दिशाहीन योजना र पूर्वाधारको अभावमा रुमल्लिँदै आएको छ । राजनीतिक अस्थिरता, सत्ताकेन्द्रित राजनीति, दलीय स्वार्थ, संस्थागत कमजोरी र प्रशासनिक जडता तथा जनताको आशालाई कमजोर बनाएको थियो । महँगो हवाई भाडा, पर्यटकीय पूर्वाधार निर्माणमा ढिलाइ, पर्यटकलाई स्थानीयभन्दा फरक र अत्यधिक
गुणस्तरीय पूर्वाधार
तोकिएको समय, लागत र प्राविधिक मापदण्डभित्र रहेर निर्माण गरिएका दिगो, सुरक्षित र जनअपेक्षा अनुरूपका भौतिक संरचना (सडक, पुल, भवन, बिजुली, पानी आदि) नै गुणस्तरीय पूर्वाधार हुन् । यसले सडक, ढल, खानेपानी, भवन जस्ता भौतिक संरचनालाई जनाउँछ । गुणस्तरीय पूर्वाधार निर्माणले जनजीवन सहज र सरल बनाउन मद्दत गर्छ । यसमा आयोजनाको योजना, डिजाइन, कार्यान्वयन र मर्मतसम्भारको प्रक्रिया उच्च गुणस्तरको हुन्छ । भौतिक
सुशासनको आर्थिक लाभ
सीमित समूह मात्रको पहुँच र हालीमुहालीले पछिल्ला वर्षमा ‘आसेपासे पुँजीवाद’ मुलुकको अर्थतन्त्रको चरित्र बन्न पुग्यो । अर्थतन्त्रसँग सम्बन्धित नीतिगत व्यवस्था खास समूहकेन्द्रित हुँदा यसको लाभबाट सर्वसाधारण नै वञ्चित हुनुपर्ने नियति भोग्नु प¥यो । राजनीतिक प्रतिबद्धताका कारण सिर्जित जनअपेक्षा आर्थिक उपलब्धिमा रूपान्तरण हुन नसक्दा त्यसले चरम निराशा र विरोधका लागि पर्याप्त ठाउँ बनायो । सार्वजनिक सेवामा भोग्नुपर्ने प्रताडना, जघन्य भ्रष्टाचार र नागरिकप्रतिको गैरजिम्मेवारीले सुशासन केवल मृगतृष्णा बन्न पुग्यो । परिणाम हामी सबैलाई थाहा नै छ । जेनजी पुस्ताले
अन्जन श्रेष्ठको अध्यक्षतामा कार्यसमिति
नेपाल उद्योग वाणिज्य महासङ्घमा निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका अन्जनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको ६० औँ वार्षिक साधारण सभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार श्रेष्ठ अध्यक्ष बन्नुभएको हो । स्वतः अध्यक्ष हुने प्रावधान यसपछिका लागि भने विधानबाटै हटाइसकिएको छ । श्रेष्ठको कार्यकाल तीन वर्षको हुने छ । महासङ्घको एक वरिष्ठ उपाध्यक्षका लागि अहिले निर्वाचित सदस्यले पूर्वपदाधिकारी प्रतिस्पर्धीबाट चयन गर्न बाँकी छ ।
नवौँ दिनमा भयो भन्सार जाँचपास
विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् ।
अवैध सामान बरामद
भारतबाट सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाइका साथ लागु गर्नुका साथै यहाँस्थित नेपाल–भारत नाकामा अवैध आयात निर्यात नियन्त्रण अभियान पनि तीव्र पारिएको छ ।
मोतीपुर औद्योगिक क्षेत्र निर्माण अन्योलमा
बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने विषय जग्गा विवादका कारण अघि बढ्न सकेको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयलाई पत्र पठाउँदै मोतीपुर औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गा खाली गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि स्थानीय मोतीपुरका बासिन्दा आन्दोलित छन् । जसका कारण औद्योगिक क्षेत्र बनाउने विषय तत्कालका लागि अघि बढाउन समस्या भएको छ ।
सय अर्ब डलरको अर्थतन्त्र : इमानदार प्रयासबाट सम्भव
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी वाचापत्रमा लेखेको छ, “नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धिदर वार्षिक सात प्रतिशत (स्थिर मूल्यमा) कायम गरेर जग बसाउने छौँ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै (प्रचलित मूल्यमा) प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय अर्ब डलरनजिक पुग्ने लक्ष्य लिने छौँ ।”
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।
ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रमा चुनौती, पेट्रोलको मूल्य अत्यधिक बढ्यो
इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ ।
औद्योगिक सुरक्षामाका लागि द्रुत प्रतिकार्य संयन्त्र गठन
औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले देशभरका सबै जिल्लामा द्रुत प्रतिकार्य संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
सुनचाँदीको मूल्यवृद्धि
मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।
भृकुटी कागज कारखाना : दुर्व्यसनीको अखडा बन्दै
नवलपुरको गैँडाकोटमा रहेको देशको गौरव भृकुटी कागज कारखानाले कुनै समय मुलुककै कुल मागको झन्डै ६० प्रतिशत कागज पूरा गथ्र्यो । कारखाना बन्द भएपछि अहिले झाडीले भरिएर खोरियाघारी जस्तो बनेको छ । कारखानाका सबै संरचना मक्किएका छन् । छाएका कर्कटपाता कुहिएर झरेका छन् । बाहिरबाट हेर्दा अस्थिपञ्चर मात्रै देखिन्छ । लाखौँ मूल्य पर्ने मेसिनहरू खिया लागेर बिग्रिएका छन् । यो कारखाना बन्द भएको पनि १५ वर्ष बितिसकेको छ ।