विदेशमा ज्यान गुमाएकाको परिवारलाई त्रिहत्तर करोड सहायता
वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबापत ७३ करोड रुपियाँ उपलब्ध गराएको छ । बोर्डले चालु आवको साउनदेखि फागुनसम्म ९८३ श्रमिकका परिवारलाई सो बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो ।
सामाजिक सुरक्षा कोषबाट साढे उन्नाइस अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत करिब १९ अर्ब ४५ करोड रुपियाँ भुक्तानी गरेको छ । सामाजिक सुरक्षा योजनामा योगदान गर्न सुरु गरेयता विभिन्न चार योजना अन्तर्गत दुई लाख ७७ हजार ४६१ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरिएको कोषले जनाएको छ । योजनामा २०७६ साउन १ देखि कोषमा रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न थालेका हुन् ।
योगदानकर्तालाई सञ्चय कोषले राखिदियो मुनाफा
कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जित मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिब पाँच अर्ब ३० करोड रुपियाँ जम्मा गरेको छ । कोषका अनुसार करिब पाँच अर्ब १९ करोड रुपियाँ सञ्चयकर्ताको खातामा र १० करोड ५५ लाख रुपियाँ योगदानमा आधारित निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।
मस्र्याङ्दीको उत्पादन बयालिस मेगावाटमा सीमित
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा उल्लेख्य गिरावट आएको छ । सुक्खायामका कारण नदीमा पानीको बहाब घटेपछि केन्द्रको उत्पादन हाल ४२ मेगावाटमा खुम्चिएको हो ।
नेप्से परिसूचक १४ अङ्कले बढ्यो
यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र विद्युत् रोकावट हुने समस्यामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ ।
बैतडीका स्थानीय तहमा बेरुजु बढ्दै
बैतडीका स्थानीय तहले तहले एक आर्थिक वर्षमै चार करोड ६६ लाख ७८ हजार भन्दा बढी असुल उपर गर्नु पर्ने बेरुजु थपेका छन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, चैत १२ गते । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कला, संस्कृति संरक्षणका लागि ‘पहल थिएटर’
दाङमा सुविधासम्पन्न थिएटर बन्ने भएपछि स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा थप टेवा पुग्ने भएको छ । स्थानीय कला, संस्कृति तथा सिर्जनशीलताको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित दाङको घोराहीमा सामुदायिक कलाघर ‘पहल थिएटर’ निर्माण हुने भएको छ ।
एक सय छयसट्ठीबुँदे कार्यप्रगति सार्वजनिक
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा बुधबार बिदाइ हुनुभएको छ । बिदाइ हुँदै गर्दा मन्त्री सिन्हाले १६६ बुँदे कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । जस अनुसार कार्यकालमा सुशासन, औद्योगिक विकास, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थापनका क्षेत्रमा सुधारका काम अघि बढाइएको छ ।
बागमतीमा बजेट निर्माण प्रक्रिया सुरु
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न गर्दै बजेट तयारीको गृहकार्य अघि बढाएको हो ।
अब बिउको पनि ‘अडिट’
बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पु¥याउने र बिउ उत्पादकलाई जिम्मेवार बनाउने उद्देश्यले बिउको अडिट गर्ने प्रावधान कार्यान्वयनमा ल्याउने भएको हो । बिउको गुणस्तरका कारणले हरेक वर्ष नेपाली किसानले ठुलो क्षति बेहोरेपछि यस्तो परीक्षण सुरु गर्न लागिएको हो ।
प्रसारण लाइन निर्माण र सञ्चालनमा अब निजी क्षेत्र
विद्युत् उत्पादनमा अग्रणी भूमिका स्थापित गरिसकेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन पनि आफ्नै लगानी र नेतृत्वमा निर्माण तथा सञ्चालन गर्ने अवसर पाएको छ । प्रसारण लाइन निर्माण गर्न सक्षम रहे पनि अवसर नदिइएको गुनासो गर्दै आएको निजी क्षेत्रलाई चार वटा प्रसारण लाइन निर्माण तथा सञ्चालनसमेत गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले आशयपत्र माग गरेको छ ।
हेलिकोप्टर दुर्घटना मौसमी कारणले
सोलुखुम्बुको लोबुचेमा भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना उडानअघि पाइलटलाई अद्यावधिक मौसमसम्बन्धी पर्याप्त सूचना नहुनु र हिउँले ढाकिएको समथर नरहेको हेलिप्याडका कारण भएको देखिएको छ ।
चार सयभन्दा बढी उडान प्रभावित
पश्चिम एसियाका देशमा जारी युद्धका कारण खाडी मुलुकका गन्तव्यमा हुँदै आएका चार सयभन्दा बढी उडान प्रभावित भएका छन् । फागुन १६ गतेदेखि उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका नौ वटा देशमा गैरसैनिक उडान प्रतिबन्धका कारण फागुन २० गतेदेखि बुधबारसम्म सात वटा वायुसेवा कम्पनीका ४०६ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।
एक सय दस वर्ष पुरानो घरमा ‘होमस्टे’
इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको घर भने होइन, न त यो कुनै सुविधा सम्पन्न होटेल रिसोर्ट नै हो ।
गोरखापत्र डिस्कोर्सको समीक्षा, सहकार्य जारी राखिने
गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीको संयुक्तरूपमा पुस ३ गते ललितपुरको द प्लाजामा आयोजना गरिएको ‘गोरखापत्र डिस्कोर्स’को समीक्षा गरिएको छ ।
अन्नपूर्ण आधार शिविर : पिसफुल लजमा आगलागी
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेस्टुरेन्टमा आगलागी भएको छ ।
सुन तोलामा चौध हजार छ सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आयात बढ्दा पनि ग्यास अभाव कायमै
खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा मात्र तीन लाख ७२ हजार २८१ मेट्रिक टन ग्यास आयात भएको छ । माघको तुलनामा फागुन महिनामा ५१ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । ५१ हजार मेट्रिक टन ग्यासले ३६ लाख ५० हजार ग्यास सिलिन्डर भरिन्छन् । ग्यास आयात बढ्दा पनि बजारमा एउटा सिलिन्डर हुने उपभोक्ताले ग्यास पाउन सकेका छैनन् ।
होटेल वर्गीकरणमा नयाँ मापदण्ड ल्याइने
सरकारले होटेल तथा रिसोर्टको स्तर वर्गीकरणसम्बन्धी नयाँ मापदण्ड ल्याउने भएको छ । हाल जारी रहेको होटेल, रिसोर्ट, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बिएन्डबी) को वर्गीकरण र स्वीकृतिसम्बन्धी मापदण्डलाई २०७६ लाई परिमार्जन र संशोधन गर्दै आतिथ्य उद्योगमा छ वर्षपछि नयाँ व्यवस्था लागु गर्ने प्रक्रिया अघि बढेको छ ।
तापक्रम नबढ्दा कुखुरामा फ्लु
कोशी प्रदेशका मोरङ–सुनसरीका १० वटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका आठ वटा फार्ममा लेयर्स र दुई वटा फार्मका ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ ।