स्टार्टअप कर्जा माग्ने दोब्बर बढे
स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ ।
थपिएको ऋणभन्दा भुक्तानी धेरै
चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउनदेखि कात्तिकसम्म) मा थपिएको सार्वजनिक ऋणभन्दा सरकारले तिरेको साँवाब्याजको रकम धेरै हुन पुगेको छ । कात्तिकसम्म सरकारले एक खर्ब ३८ अर्ब ७५ करोड ऋण लिएकोमा एक खर्ब ५० अर्ब ८८ करोड रुपियाँ ऋणबापतको साँवाब्याज भुक्तानी गरेको छ ।
भैरहवा सेजमा जग्गाको भाडा घट्यो
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपियाँबाट घटाएर पाँच रुपियाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयपछि सेजभित्रको लगानी वातावरण थप सहज हुने उद्योगीको अपेक्षा छ ।
उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन
आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो ।
एमसिसी अन्तर्गत प्रसारण लाइन निर्माण सुरु
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा बुधबार निर्माणको शुभारम्भ गर्नुभयो ।
बजारबाट गाउँ फर्किएर सुन्तला खेतीमा योगेन्द्रमान शेरचन
एकदशक भन्दा बढी बेनी बजारमा बसोबास गर्दै आउनुभएका मंगला गाउँपालिका ४ बरंजाका योगेन्द्रमान शेरचन गाउँ फर्किएर व्यवसायिक सुन्तला खेती सुरु गर्नुभएको छ।
विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’ : युएनएड्स
अचानक र नाटकीयरूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
स्वदेशी लगानीमै छ खर्ब जुटाइने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई महत्वपूर्ण जलविद्युत् आयोजना बुढीगण्डकी र अप्पर अरुण जलविद्युत् आयोजनाको लगानीको मोडालिटी टुङ्गो लगाएको छ । मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मन्त्रालयका सचिवद्वय चिरञ्जीवी चटौत र सरिता दवाडीलगायत आयोजना सम्बद्ध अधिकारीसँगको छलफलले अन्तिम स्वरूप प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
ब्याज घट्ने हल्लाले बढ्यो सुन
स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपियाँले बढेको छ । सोमबार प्रतितोलामा दुई लाख ४२ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार दुई लाख ४७ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
श्रीलङ्कामा हवाईसेवा विस्तारको प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितियासँग श्रीलङ्कामा हवाईसेवा विस्तार गरेर दुई देशबिच पर्यटक आवागमन बढाउने प्रस्ताव गरेको छ ।
छुर्पी निर्यात बढ्दा डिडिसीलाई राहत
कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा सङ्कट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत मिलेको छ ।
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।
बूढीगण्डकी र अपर अरुणको लगानी मोडालिटी तयार
१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।
सुनचाँदीको मोल निरन्तर बढ्दो
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
आठ करोडभन्दा बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ ।
चार महिनामा सात प्रतिशत मात्र
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल बजेटको सात प्रतिशत हाराहारीमा खर्च गरेको छ । गत आवको पहिलो चार महिनाको अनुपातमा प्रदेश सरकार प्रतिशतका आधारमा बजेट खर्चमा चालु आवको चार महिनामा कमजोर देखिएको हो ।
अजिरकोटमा फल्न थाले स्याउ
गोरखाको अजिरकोट गाउँपालिका–२, मूलखर्कमा गाला र फुजी जातका स्याउ फल्न थालेका छन् । दुई वर्षअघि अजिरकोट गाउँपालिकाले परीक्षणका लागि इच्छुक किसानलाई निःशुल्क रूपमा उपलब्ध गराएको स्याउका बिरुवा अहिले राम्रोसँग हुर्कंदै फल्न थालेपछि किसान उत्साही छन् ।
माछाको अवैध आयातले किसान मारमा
नेपाल–भारत सीमाक्षेत्र हुँदै भारतीय माछाको अवैध आयात हुने क्रम बढेपछि बर्दियाका माछापालक कृषक मारमा परेका छन् । भारतीय बजारबाट अत्यन्तै सस्तो मूल्यमा माछा नेपाल छिरेपछि नेपाली किसानले उत्पादन गरेको माछा बजारसम्म नपुगेको गुनासो बढ्दै गएको छ ।
कर्जा बढे पनि उत्पादन घट्यो
सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि औद्योगिक उत्पादनमा ह्रास आएको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार २०८२ को असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले यस प्रदेशमा औद्योगिक क्षेत्रमा गरेको कर्जा प्रवाह २६ अर्ब ७२ करोड पुगेको छ ।
घोडा बेच्न बाइस दिन पैदल
कर्णाली प्रदेशको जुम्लाबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाको जोलजीवी मेलामा ‘जुम्ली घोडा’ ल्याइएको छ । सो घोडालाई २२ दिनको पैदलयात्रा गराएर चन्दननाथ नगरपालिका–८, धरलबाडा जुम्लाका जयकृष्ण धरालाले ल्याउनुभएको हो ।
पानीको मूल्य बढी लिन नपाइने
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी बोतल (प्रोसेसिङ ड्रिङकिङ वाटर) को लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिएमा कारबाही हुने जनाएको छ ।
मासु प्रशोधन कारखाना : मङ्सिरदेखि निर्माण सुरु
सिन्धुलीको मरिण गाउँपालिकामा मङ्सिर अन्तिम सातादेखि मासुु प्रशोधन कारखानाको निर्माण सुरु हुने भएको छ । नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले कारखाना निर्माण गर्न लागिएको हो । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले डिजाइनको काम सकेर कारखाना निर्माणको चरणमा पुगेको जनाएको छ ।
मार्जिन कारोबार व्यवस्थित गर्दै सेबोन
मार्जिन कर्जामा फैलिएको अव्यवस्था, जोखिम र अनियन्त्रित सटहीपनलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा निर्देशन, २०८२’ को मसौदा सार्वजनिक गरेको छ । बोर्डले मार्जिन कारोबारसम्बन्धी व्यवस्था (प्रारम्भिक मसौदा) तयार गर्दै मार्जिन कारोबारसम्बन्धी व्यवस्था अघि बढाएको हो ।