मोतीविन्दुको उपचारमा ग्लोबल आइएमईले सघाउने
ग्लोबल आइएमई बैङ्क लिमिटेड र तिलगङ्गा आँखा प्रतिष्ठानबिच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतीविन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी भएको छ ।
मेसिनले रोपियो चैते धान
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२, राजपुरमा मेसिनले चैते धान रोपाइँ गरिएको छ । स्थानीय कृषक जयलाल भण्डारीले १० कट्ठा जमिनमा मेसिन प्रयोग गरी चैते धान रोप्नुभएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कपिलवस्तुको सहयोगमा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत उक्त रोपाइँ गरिएको हो । परम्परागत रूपमा धान खेती गर्दै आउनुभएका कृषक भण्डारीले पर्ती रहेको खेतको सदुपयोग गर्ने उद्देश्यले पहिलो पटक मेसिनले चैते–५ जातको धान रोपेको बताउनुभयो ।
धनुष सहकारीमा १२ करोड हिनामिना, तीन जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीमा १२ करोड ५६ लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनी र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गर्नु भएको छ ।
सुन तोलामा एक हजार छ सयले घट्यो
काठमाडौँ, चैत १० गते । स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा ८० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको छ । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
युद्धको असर खानेपानीमा
पश्चिम एसियामा जारी युद्धका कारण नेपालका खानेपानी उत्पादन उद्योगका लागि आवश्यक पर्ने जार, बोतल, बिर्को (क्याप), लेबल र प्याकिङ सामग्रीको कच्चा पदार्थ अभाव भएको छ । नेपाल पानी उद्योग महासङ्घका अनुसार प्लास्टिक दानाको मुख्य आधार कच्चा तेल रहेको र अहिले यसको उत्पादनमा आएको गिरावटका कारण विश्व बजारमै प्लास्टिक दानाको चरम अभाव देखिएको छ ।
महासङ्घको नेतृत्वका लागि उम्मेदवारी घोषणा
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि फरक फरक समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ । आगामी चैत २९ गते हुने महासङ्घको ६० औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै छ । त्यससँगै आकाङ्क्षीहरूले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, जिल्ला नगर उपाध्यक्षतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा र एसो
पुनः श्रम स्वीकृतिबारे मतभेद
पश्चिम एसियाको युद्धको प्रभाव बढ्ने देखेपछि अन्य देशले आफ्ना श्रमिकको सुरक्षालाई ध्यान दिँदै फिर्ता गरिरहेको बेला नेपाल सरकारले भने तिनै देशमा पुनः श्रम स्वीकृति दिएर पठाउन थालेको छ । गत फागुन १७ देखि पश्चिम एसियाका १२ देशमा नयाँ र पुनः श्रम स्वीकृति बन्द गरेको सरकारले गएको मङ्गलबारदेखि खाडीका केही देश र टर्कीसहित सात देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति दिन थालेको हो ।
कार्यान्वयनमा गयो बुढीगण्डकी जलविद्युत् आयोजना
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको ‘लगानीको मोडालिटी’ स्वीकृति प्रमाणीकरण गरेसँगै आयोजना निर्माणका थप कार्य अगाडि बढाइएको छ ।
लुम्बिनीको बजेट खर्च निराशाजनक
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च कछुवा गतिमा भइरहेको छ । आर्थिक वर्ष २०८२/८३ सुरु भएको फागुनसम्मको आठ महिनाको अवधिमा प्रदेश सरकारले २७.६३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारलाई अब चार महिनामा करिब ७२ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ ।
युद्धको प्रभाव रासायनिक मलमा, आपूर्ति असहज हुन सक्ने
बजारमा रासायनिक मलको आपूर्तिमा असहज हुने देखिएको छ । पश्चिम एसियामा भएको युद्धको प्रभावले रासायनिक मलको उत्पादनमा असर पर्दा आपूर्तिमा समस्या देखिने भएको हो । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मल उत्पादनमा ह्रास आएको छ । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मलको समेत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ९८ अमेरिकी डलर पुगेको छ ।
समन्वय, सहकार्य र सहअस्तित्व अनिवार्य
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी संसद्मा स्पष्ट बहुमतका साथ पहिलो दलको रूपमा उदाएको छ । केही दिनभित्र सो पार्टीको संसदीय दलका नेता प्रधानमन्त्री बन्ने निश्चित छ । सङ्घमा राष्ट्रिय स्वतन्त्र पार्टीको सुविधाजनक बहुमतको सरकार बनिरहँदा प्रदेश र स्थानीय तहमा भने नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत पुराना दलको सरकार छ ।
लगानीमैत्री नीतिको अपेक्षा
बैङ्किङ प्रणालीमा तरलता चुलिएको र ब्याजदर निरन्तर घट्दै गए पनि अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । सस्तो कर्जाको पहुँच बढ्दासमेत लगानीमा हिच्किचाइरहेको र बजारमा माग कमजोर रहँदा आर्थिक गतिविधि अझै सुस्त देखिएको छ । न्यून ब्याजदरमा पर्याप्त लगानीयोग्य पुँजीले नयाँ सरकारको लगानीमैत्री नीति अर्थतन्त्रले अपेक्षा गरिरहेको विज्ञको भनाइ छ ।
‘बजेट क्यालेन्डर’ अनुसार चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ ।
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ ।
अर्जेन्टिनाको भटमासले बढायो नेपालको निर्यात
मुस्किलले एक खर्ब पुग्ने नेपालको निर्यात पछिल्ला केही वर्षयता दुई खर्ब नाघ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा मात्रै मुलुकले एक खर्ब ९१ अर्ब रुपियाँको वस्तु निर्यात गरेको तथ्याङ्क भन्सार विभागले आइतबार सार्वजनिक गरेको छ । यही प्रवृत्ति कायम रहे चालु आवका बाँकी चार महिनामा नेपालबाट सहजै दुई खर्बभन्दा बढीको निर्यात हुने देखिन्छ ।
एक पर्यटक एक पथप्रदर्शक
सरकारले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गरेको छ । अध्यागमन विभागले हाल समूहमा मात्रै पदयात्रामा जान पाइने व्यवस्था रहेको १३ जिल्लाका १५ वटा निषेधित क्षेत्रमा अब विदेशी पर्यटकले विभागबाट अनुमति लिएर एक जना पथप्रदर्शकसहित पदयात्रामा जान पाउने व्यवस्था गरेको हो ।
इन्धन र कोइलाको मूल्यवृद्धिसँगै महँगियो इँटा
अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।
पूर्वसचिवसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहाेरेको छ ।
कोशीमा गहुँ खेती खुम्चिँदै
प्रमुख खाद्य बाली मानिने गहुँ खेतीको उत्पादन कोशी प्रदेशमा खुम्चिँदै गएको छ । तराईमा मकै र चैते धान तथा पहाडमा किवी, तरकारी र सुन्तलाजन्य बालीले गहुँबालीलाई प्रतिस्थापन गर्दा कोशी प्रदेशमा गहुँ खेती खुम्चिँदै गएको हो ।