श्री एयरलाइन्सको उडान ठप्प
श्री एयरलाइन्सको उडान आज (शुक्रवार) ठप्प भएको छ । बिहीबार काठमाडौँबाट भैरहवा उडेको भर्ने क्रममा इन्जिनमा आगो लागेपछि प्राधिकरणले तत्काल छानबिनको प्रतिवेदन नआएसम्म उडान नगर्न निर्देशन दिएको हो ।
विदेशी लगानी कम्पनीसम्बन्धी सर्त: न्यूनतम एक अर्ब लगानी गर्नुपर्ने
नेपालमा स्थापना हुने विदेशी लगानी (इन्भेस्टमेन्ट) कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने भएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ मा उल्लिखित लगानी कम्पनी स्थापनासम्बन्धी सर्त जारी गर्दै सरकारले उक्त सीमा निर्धारण गरेको हो । हालै मात्र राजपत्रमा प्रकाशित सर्तअनुसार विदेशी लगानी कम्पनी नेपालमा उद्योगका रूपमा दर्ता गर्नुपर्ने र लगानी गरिने उद्योगको क्षेत्र तोकिनुपर्ने उल्लेख छ । त्यस्तै लगानी कम्पनीको उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खुलेको विवरण अनिवार्य संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले
पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् ।
पुग्यो खानेपानी सुविधा
खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा पाएपछि हर्षित बनेका छन् ।
तामाकोशी–काठमाडौँ प्रसारण लाइन : असारभित्र सक्न निर्देशन
नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । स्थानीयवासीको अवरोध, रुख कटानजस्ता समस्या रहे पनि समस्या समाधान गरी आयोजना समयभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीले तदारुकता नदेखाएको भन्दै प्राधिकरणले समयसीमासहित कारबाहीको चेतावनीसमेत दिएको छ । आयोजना निर्माणको स्थलगत अनुगमन गर्दै प्राधिकरण उच्च व्यवस्थापनले असारभित्र प्रसारण लाइन तयार नभए सो क्षेत्रका विद्युत् आयोजनाको खेर जाने विद्युतकाे क्षतिपूर्ति ठेकेदारबाटै असुल्ने चेतावनी दिएको हो ।
पूर्वाधार नबन्दा कर्णालीमा लगानी भित्र्याउन गाह्रो
पूर्वाधार विकास नहुँदा कर्णाली प्रदेशमा लगानी भित्र्याउन कठिन भएको उद्योगी व्यवसायीले बताएका छन् । सुर्खेतमा बिहीबार भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको छैटौँ सभामा सहभागी उद्योगी व्यवसायीले कर्णालीमा लगानी भित्र्याउन पूर्वाधार विकास गर्नुपर्ने सुझाव दिएका हुन् । कर्णालीमा विशेष गरी पर्यटन, जलविद्युत्, कृषि र जडीबुटीमा लगानी गर्न सकिने उद्यमीको भनाइ छ ।
चैतदेखि ब्याजदर घट्ने
पछिल्लो समय बढ्दो ब्याजदरकै कारण प्रताडित व्यवसायी तथा सर्वसाधारणलाई राहत हुने भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले आगामी चैतदेखि बचत ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने भएको छ । एसोसिएसनको बिहीबार बसेको बैठकले बचतको ब्याजदर घटाएर न्यूनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष सुनील केसीले जानकारी दिनुभयो । यसअघि बैङ्कहरूले बचततर्फको न्यूनतम ब्याजदर ६ दशमलव ४२ प्रतिशत र अधिकतम ८ दशमलव ४२ प्रतिशत लिँदै आएका थिए । एसोसिएसनले कल निक्षेपमा बैङ्कहरूले ३ दशमलव २१ प्रतिशतसम्म ब्याजदर दिँदै आएकामा यसलाई घटाएर ३ प्रतिशतमा झारेको छ ।
अवैध बाटो झन् असुरक्षित
अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठूलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षण अवधारणाका नाममा मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठूलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको छ । ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । बरु अवैध बाटो हुँदै त्यहाँ पुगेका महिला असुरक्षित हुने क्रम बढेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।
ब्याजदर घटाउँदै बैङ्क
वाणिज्य बैङ्कहरूले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
अन्त्य गरिँदै ‘असारे विकास’
भौगोलिक रूपमा विकट म्याग्दीको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्षका विकास योजनाका कामलाई तीव्रता दिएको छ । असारे विकासलाई अन्त्य गर्ने लक्ष्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षका भौतिक पूर्वाधार निर्माण र अन्य विकासका योजनालाई सम्झौता गरेर कार्यान्वयनमा लगेको हो । बजेट सक्नका लागि असारे विकासमा जोड दिने प्रथालाई निरुत्साहित गर्ने गाउँपालिकाले जोड दिएको छ ।
व्यावसायिक पाहापालन
गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन सुनिँदै र देखिँदै आएको हो तर मकवानपुरको थाहा नगरपालिकामा अहिले व्यावसायिक रूपमै पाहापालन सुरु गरिएको छ । मकवानपुरमा फरक र नवीन व्यवसाय गर्ने गरी थाहा नगरपालिका–४ का जितबहादुर थोकरले व्यावसायिक रूपमा पाहा फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
जुम्लाका स्याउका बिरुवा दोलखामा
दोलखाको कालिञ्चोकका किसानलाई जुम्लाको स्याउका बिरुवा वितरण गरिएको छ । कालिञ्चोक गाउँपालिका–१ का किसानको नगदे बालीमार्फत आयआर्जन वृद्धि गराउने उद्देश्यले दुईवटा क्षेत्रका लागि जुम्लाको स्याउका छ सयवटा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले वडा नं. १ को तारेभीर र माथिल्लो खर्कमा रेड डेलिसस जातको सम्भावना देखिएकाले उक्त जातको स्याउ खेती सुरु गर्न लागेको हो । नमुनाका रूपमा लगाउन लागिएको स्याउ खेती सम्भावना र उत्पादनका आधारमा क्रमशः सबै क्षेत्रमा विस्तार गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले बताउनुभयो ।
चोभार बन्दरगाहको सञ्चालन निजी क्षेत्रलाई
काठमाडौँको चोभारमा रहेको चोभार सुक्खा बन्दरगाहको सञ्चालन निजी क्षेत्रलाई दिइने भएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने व्यवस्था भएकाले व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको हो ।
प्रदेशको प्राथमिकतामा पूर्वाधार
बागमती प्रदेश सरकार र सङ्घीय सरकारले बागमती प्रदेशमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सहलगानीका योजनालाई तीव्रता दिएका छन्। बागमती प्रदेशका विभिन्न जिल्लामा प्रदेश र सङ्घ सरकारको सहलगानीमा आधा दर्जन सडक योजना गत आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएका छन्।
पाउडर दूध बनाउने डिडिसीको प्लान्ट बन्द, निजी संस्थालाई सरकारकै २० करोड अनुदान
कोशी प्रदेश सरकारको लगानीमा नयाँ पाउडर प्लान्ट स्थापना भई सञ्चालनको तयारी भइरहेको बेला सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानको विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएको छ । बजेट र सरकारी नियमन अभावले प्लान्ट झन्डै एक वर्ष देखि शून्य गतिविधि गर्दै आएको हो ।
उखु क्रसिङ बन्द
सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यस वर्ष १० लाख ९५ हजार तीन क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।
बाँकेमा तीन हजार होटल सञ्चालन
भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् । पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने बाँकेमा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्बभन्दा बढी लगानी भएको होटल व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।
सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक
वित्तीय अनुशासन, स्वनियमन र सहकारी सिद्धान्तबाट सहकारीहरू विमुख हुँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको सहकारी अभियन्ताले बताएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठीको उद्घाटन सत्रमा सहकारीकर्मीले केही सहकारीको बदमासी र नियामकीय कमजोरीले गर्दा सहकारी क्षेत्र बदनाम हुनु परेको औँल्याइएको छ ।
इजरायलमा पाँच सयलाई रोजगारी
इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताउनुुभयो ।
काठमाडौंमा दोस्रो अर्थशास्त्री सम्मेलनको तयारी
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुनेभएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न संघ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।
आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।
एक हजारले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ ।
रामपुरका किसानलाई आलु स्याहार्ने चटारो
खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याईनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।