सेतीखोला जलविद्युत्मा डोल्माको लगानी
सेती हाइड्रोपावर प्रालिले कास्कीको मुसाटुँडातोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ ले ४३ करोड रुपियाँभन्दा बढी स्वपुँजी लगानी गर्ने भएको छ । कुल पाँच अर्ब पाँच करोड लागतमध्ये ऋण ७५ प्रतिशत र स्वपुँजी २५ प्रतिशतमार्फत वित्तीय व्यवस्थापनको टुङ्गो लागेको सो आयोजनाको स्वपुँजीमा ४९ प्रतिशत हिस्सा हुने गरी डोल्माले करिब ४५ करोड रुपियाँ लगानी गर्ने गरी कम्पनीसँग सम्झौता गरेको छ ।
आर्थिक सङ्कटमा सागरनाथ वन विकास परियोजना
लामो समयदेखि तलब नपाउँदा सागरनाथ वन विकास परियोजनाका कर्मचारी बिचल्लीमा छन् । भदौ महिनादेखि परियोजनाको आर्थिक कारोबार ठप्पप्रायः छ । वैशाखसमेत जोड्दा नौ महिनादेखि तलब नपाएको कर्मचारीको भनाइ छ । यसबीच चाडबाड बिते, छोराछोरीको पढाइ प्रभावित भयो, उपचार र छाक टार्न ऋण लिनु परेकोजस्ता अनेक समस्या झेल्न बाध्य भएको पीडित कर्मचारीको दुखेसो छ । तलब नपाएकै कारण गुजारा चलाउन गाह्रो भएपछि ४० जना कर्मचारीले राजीनामा दिएर पेसा नै परिवर्तन गरिसकेका छन् । परियोजनामा २० वर्षदेखि सेवा दिँदै आएका चौकीदार कृष्णबहादुर तामाङले बाध्य भएर राजीनामा दिएको बताउनुभयो ।
नौ हजार ५९० ले बुझाएनन् सम्पत्ति विवरण
चालु आर्थिक वर्ष २०७९–८० मा नौ हजार ५९० जनाले आफ्नो सम्पत्ति विवरण अझ पेस गरेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरणको तथ्याङ्कअनुसार ती व्यक्तिले सम्पत्ति विवरण पेस नगरेको देखिएको हो ।
शेयर बजारमा झिनो अङ्कको सुधार
यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (सोमबार) दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ ।
बैङ्कमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौती थपियो : उपाध्यक्ष कोइराला
नेपाल बैंकर्स सङ्घका उपाध्यक्ष तथा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैङ्कमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपिएको बताउनुभएको छ ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरीत : निजी क्षेत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मा निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरीत भएको भन्दै निजी क्षेत्रले विरोध जनाएका छन् ।
कोशी प्रदेशका औद्योगिक कोरिडोर : विद्युत् आपूर्ति कटौती
विद्युत् उत्पादनमा आएको उच्च गिरावट र आयातका लागि पनि अपर्याप्त पूर्वाधारका कारण पछिल्लो समय कोशी प्रदेशका केही औद्योगिक कोरिडोरको विद्युत् आपूर्तिमा आंशिक कटौती भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पूर्वी नेपालको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको भन्दै उद्योगी व्यवसायीले आइतबार विरोध सभा नै गरेका छन् तर प्राधिकरणले भने पिक आवरमा उद्योग सञ्चालन नगराएर लोड व्यवस्थापन गर्ने गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्ने गरेको जनाएको छ ।
झन्डै आधा अर्बले घट्यो ग्यास आयात
भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात ४९ करोड रुपियाँले कमी भएको हो । बजारमा ग्यासको खपत कम हुँदा आयातमा समेत कमी भएको हो ।
विमानस्थलको सञ्चारमा समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टावर र जहाजको कटपिटबीचको सञ्चारमा समस्या दोहरिएपछि आइतबार पुनः उडान प्रभावित भएको छ । यसअघि गत मङ्गलबार पनि सञ्चारमा समस्या देखिँदा एक घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । टावरमा रहेको रेडियो प्रणालीमार्फत एप्रोच कन्ट्रोल र एरिया पावर सप्लाई डाउन हुँदा आइतबार दिउँसो १२ बजेदेखि एक घण्टा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीचको संवादमा समस्या आएको हो । विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले टावर र पाइलटबीचको सञ्चारमा सानो आवाज आउने समस्या देखिँदा उडानमा समस्या भएको बताउनुभयो ।
जिट्कोमार्फत जापान जान झन्झटिलो
जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को)मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक पठाउने प्रक्रिया प्रभावकारी हुुन सकेको छैन । वैदेशिक रोजगार विभागले जिट्कोमार्फत नेपाली श्रमिक पठाउनका लागि प्रत्येक वर्ष दर्ता र नवीकरणका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दै आएको छ तर पछिल्लो पाँच वर्षमा जिट्कोमार्फत ९५९ जना मात्रै नेपाली प्रशिक्षार्थी श्रमिक पुग्नुले सफल हुन नसकेको स्पष्ट हुन्छ ।
दाङबाट जडीबुटी निर्यात बढ्दो
दाङको राष्ट्रिय तथा निजीबाट बितेको नौ महिनाको अवधिमा करिब दुई लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्म राष्ट्रिय र निजी वन क्षेत्रबाट दुई लाख २४ हजार ३६ किलो बराबरको विभिन्न प्रजातिका जडीबुटी निकासी भएको हो ।
कैलालीका १३ स्थानीय तहको बेरुजु दुई अर्ब ६८ करोड
कैलालीको स्थानीय तहमा अत्यधिक बेरुजु देखिएको छ । ऐन, कानुन विपरित वा प्रक्रिया पूरा नगरी बजेट खर्च गरिएका कारण स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार यहाँ रहेको १३ वटा पालिकाको बेरुजु दुई अर्ब ६८ करोड २२ लाख ३० हजार रुपियाँ पुगेको छ । यो आर्थिक वर्ष २०७७–७८ सम्मको बेरुजु हो ।
प्राविधिक समस्याले बिजुली काटिएको हुनसक्छ : प्राधिकरण
बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ।
राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा सुरु
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह
राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ ।
बढ्न थाल्यो सिमेन्ट निर्यात
चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्याङ्क अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।
सहकारीमा छ थान नक्कली नोट फेला
दोलखाको जिरी नगरपालिकास्थित एक सहकारीमा नक्कली नोट फेला परेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले वडा नम्बर ५ लिङ्कन बजारमा रहेको एकीकृत फ्रेन्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत सङ्लनको क्रममा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।
अठतीस वर्षपछि नहर निर्माण
रुकुमपश्चिममा ३८ वर्षअघि बनाउन थालिएको नहरको निर्माण सम्पन्न भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिँचाइ आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको हो । वि.सं. २०४२ मा निर्माण सुरु भएको नहरमा पानी आउँदा स्थानीयवासी खुसी भएका छन् । आठबिसकोट नगरपालिका–११ का ७६ वर्षीय लोकबहादुर खत्रीले पञ्चायतकालमा सुरु भएको कुलो निर्माणको काम गणतन्त्रका बेला मात्र पूरा भएको बताउनुभयो ।
अनुदानका लागि कार्यविधि
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा ससर्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहमा ससर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कृषि क्षेत्रका उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश तथा स्थानीय ससर्त वित्तीय हस्तान्तरित कार्यक्रमलाई व्यवस्थित गर्न यो कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश सञ्जेलले बताउनुभयो ।
वाणिज्य बैङ्कहरूलाई कारबाही, साढे छ करोडसम्म जरिवाना
तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) उल्लङ्घन, सहुलियतपूर्ण कर्जाको दुरुपयोग, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन निर्देशनको उल्लङ्घन गर्ने ‘क’ वर्गका नौवटा वाणिज्य बैङ्कलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ । राष्ट्र बैङ्कको कारबाहीमा पर्ने अधिकांश बैङ्कले तोकिएको कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो)लाई उल्लङ्घन गरेका छन् । केही बैङ्क भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
श्रम इजाजत लिनेमा सबभन्दा बढी चिनियाँ नागरिक
नेपालमा सञ्चालित विदेशका ठूला परियोजनामा उच्च पदमा काम गर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याइने गरिएको छ । विशेष गरी चीन, भारत, कोरिया, जापानबाट सञ्चालित परियोजनामा उच्च पदमा काम गर्नका लागि आ–आफ्नो देशबाट प्राविधिक ल्याउने गरेको पाइएको हो । नेपालमा चीनको अनुदानमा सञ्चालित परियोजनामा आवश्यक अधिकांश प्राविधिकदेखि श्रमिकसम्म आपूर्ति हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ ।
पर्यटक आगमन बढाउन भारतमा प्रचार
भारतका प्रमुख सहरहरूमा पर्यटन प्रवद्र्धन गर्दै पोखरासहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै भ्रमण सकिएको छ । कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिँडेको २३ सदस्यीय टोली प्रवद्र्धन गरेर फर्किएको छ ।
निगमको ६८ बिघा जग्गा प्रयोगविहीन
नेपाल आयल निगमले विभिन्न चार ठाउँमा खरिद गरेको जग्गा उपभोगमा आउन सकेको छैन । इन्धन भन्डारण क्षमता बढाउने सरकारको नीतिअनुरूप निगमले आर्थिक वर्ष २०७३/७४ मा रुपन्देही, चितवन, सर्लाही र झापामा दुई अर्ब ६६ लाख ४८ हजार रुपियाँ लागतमा खरिद गरेको ६८ बिघा जग्गा प्रयोगमा नल्याएको महालेखा कार्यालयको ६०औँ प्रतिवेदनमा उल्लेख छ । निगमले भण्डारण गृह निर्माण गर्न विभिन्न स्थानमा जग्गा खरिद गरे पनि कुन मोडालिटीमा जाने भनेर सरकारले निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ ।