२४ वर्ष पछि रगरगे मेला हुने
धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
लुम्बिनीमा वर्षौँदेखि थन्किएको विद्युतीय बस सञ्चालन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतीक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमुना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए ।
आलुले बजार नपाउँदा चिन्ता
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ मा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो छ ।
व्यवसायीको मनोबल बढाउन जोड
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले मन्त्री भण्डारीलाई भेट गरी विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।
चीनमा चिया निर्यातको प्रक्रिया अगाडि बढ्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक डकुमेन्ट पेस गरेर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुुभयो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उहाँको भनाई छ
विदेशी लगानी र प्रविधि भित्र्याउन सरकार तयार : रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–११ मा रहेको उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भका अवसरमा बुधबार उद्योगमा आयोजित समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
‘पाँच सय र हजारका नोट छपाइ बन्द गर्नुपर्छ’
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपियाँका नोट छपाइ रोक्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ।
घट्यो शेयर बजार
पुँजी बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो।
मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट
एनआईसी एसिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ।
कृषि उपज सङ्कलन केन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१, पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरिएको छ। वडाध्यक्ष तिलकराम न्यौपानेले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ सङ्कलन केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो। वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि कृषि सङ्कलन केन्द्र उपयोगी हुनेछ भन्ने मेरो विश्वास छ। कृषि सङ्कलन केन्द्रबाट नगरपालिकाभित्रका कृषकलाई लाभ हुनेछ।
गृह श्रमिकबीचको एकतामा जोड
राजधानीमा २९ देशका १२७ जना गृह श्रमिक अभियन्ताहरूको सहभागितासहित होमनेट इन्टरनेसनलको दोस्रो सम्मेलन सुरु भएको छ । होमनेट इन्टरनेसनलद्वारा आयोजित यस चारदिने सम्मेलनको मङ्गलबार सहभागी राष्ट्रका झन्डा र सांस्कृतिक प्रस्तुतिसहित उद्घाटन गरिएको हो । आर्थिक उपार्जनका लागि आफ्नै घर वा घर वरपर स्थानीय, राष्ट्रिय र विश्व बजारका लागि वस्तु उत्पादन वा सेवा प्रदान गर्ने श्रमिकलाई ‘गृह श्रमिक’ मानिएको छ । होमनेट इन्टरनेसनलले संसारभरका १२ लाख गृह श्रमिकको प्रतिनिधित्व गर्छ, यसमध्ये ९५ प्रतिशत महिला छन् ।
‘दूध बिक्रीमा समस्या’
डेरी उद्योगीले दूध नपाएको गुनासो गरिरहँदा तराई मधेशको दूध बिक्री नभएर किसान भारत लगेर बेच्न बाध्य छन् । डेरी उद्योगीले दूधको अभाव देखाउँदै भारतबाट आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका छन् तर अर्कोतिर किसान दूध बिक्री नभएको भन्दै भारत लगेर बेच्न बाध्य छन् ।
कृषि कर्मले फेरिएको बीनाकुमारीको दैनिकी
वि.सं. २०५६ मा रुपन्देहीको तिलोत्तमामा घरजम गर्नुभएकी बीनाकुमारी पुनले त्यसैबेला जीविकोपार्जनका लागि तीनवटा बङ्गुरपालन सुरु गर्नुभयो । दैनिक गुजारा चलाउन अप्ठ्यारो भएकाले उहाँले बङ्गुर पाल्नुभएको हो । बङ्गुरले उहाँलाई राम्रै आम्दानी दिन थालेपछि उहाँलाइ थप हौसला मिल्यो र जाँगर चल्यो ।
बिमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय थपियो
तोकिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने बिमा कम्पनीहरूका लागि समय थपिएको छ । अधिकांश बिमा कम्पनीहरूले तोकिएबमोजिमको चुक्ता पुँँजी पुर्याउन नसक्दा नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको हो ।
कामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो
चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर जानुभएका उहाँ त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्नुभयो । नेपालबाट जाँदा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई करिब साढे चार लाख बुझाएर जानुभएको हो । अहिले उहाँको मासिक ९० हजार रुपियाँ तलब छ । खाने, बस्ने खर्च कम्पनीले नै बेहोर्ने भएकाले उहाँले कमाएको लगभग सबै बचत हुन्छ । उहाँजस्तै गरी पछिल्लो चैत महिनामा मात्रै साइप्रसका लागि ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । नौ महिनाअगाडि रोमानियामा गएकी मधु अधिकारीको पनि राम्रै कमाइ छ ।
गुणस्तरीय मिनरल वाटर निर्यातका लागि तयार
नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर मापदण्ड तयार भए पनि मिनरल वाटरको गुणस्तर निर्धारण र सोसम्बन्धी गुणस्तर मापदण्ड पारित भएको थिएन ।
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का
नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
व्यवसायीले कर नतिर्दा राजस्व असुलीमा समस्या
ठूला व्यवसायीहरू वर्षौँदेखिको राज्यलाई बुझाउनु पर्ने कर नतिरेका कारण राजश्व (कर) सङ्कलनको लक्ष्य प्राप्तिमा समस्या उत्पन्न भएको छ ।
विदेश निर्यात हुने पानीको गुणस्तर पारित
गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो ।
हिमानदीकाे पुल भत्काएर बनाइने
जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाडीले पुलको बिच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बिचै भागबाट चर्किएका कारणले पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ ।
लाइसेन्सका लागि सात कम्पनीको आवेदन
नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
‘अख्तियारको नियमनले आर्थिक विस्तारमा असर पर्ने’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यसले निजी क्षेत्रको कामलाई प्रभावित पार्ने मात्र नभई समग्र आर्थिक विकास तथा विस्तारमा प्रतिकूल असर पु-याउने उल्लेख गरेका हुन् ।