• ३१ वैशाख २०८१, सोमबार

२४ वर्ष पछि रगरगे मेला हुने

blog

हिले, वैशाख १४ गते । धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

चण्डी पूर्णिमामा बर्सेनि सिधुवामा मेला लाग्ने गरेको थियो तर द्वन्द्वकाल यता भने मेला आयोजना हुन सकेको थिएन । यो पटक भने मेला लगाउने तयारी गरिएको आयोजक  चण्डीपूर्णे (रगरगे) मेला आयोजक समितिले जानकारी दिएको हो । मेलामा धान नाच प्रतियोगिता तथा सिधुवा रनको आयोजना गरिने आयोजक संस्थाका संयोजक दीपक गुरुङले जानकारी दिनुभयो ।  

त्यस्तै मेलालाई आकर्षक बनाउन विभिन्न जातजातिको झाँकी, लाखे, चण्डीनाच  गराइने जनाइएको छ । प्रतियोगिताको अधिकांश पुरस्कार स्थानीय व्यक्तिद्वारा प्रायोजन गरिएको छ । 


Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।