कोइलाबास भन्सारबाट लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन
लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती भइरहेको सयममा दाङ जिल्लाको मुख्य नाकाका रुपमा रहेको काेइलाबास भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको जनाएको हो ।
छिम्सुवा बेँसीमा ढकमक्क फुलेको आँप
धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ। तस्बिरः नारायणकुमार राई/रासस
यसै वर्षभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजाेर
नेपालमा सञ्चालित २४ वटा राष्ट्रिय गौवका आयोजनामध्ये तीन आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने समयसीमा छ । तर आयोजनाको भौतिक प्रगति नै कम भएका कारण तोकिएको समयमै सम्पन्न हुन्न कि भन्ने आशङ्का छ ।
थोर्गाको गुड र खुदो प्रख्यात बन्दै
गुल्मी थोर्गाका चोलानाथ ज्ञवालीको दैनिकी गुड बनाउँदैमा बित्ने गर्छ । ज्ञवालीको रुरु क्षेत्र गाउँपालिका–३ मा थोर्गेली चोलानाथ गुड उद्योग सञ्चालित छ । २०७४ सालमा गुड उद्योग सञ्चालन गर्नु भएका ज्ञवालीले ५० रोपनी क्षेत्रफलमा उखु खेती गर्नुभएको छ । ५४ वर्षीय ज्ञवाली बिहान झिसमिसे देखि बेलुका अबेर सम्म उखुको स्याहार देखि खुदो, गुड बनाउन व्यस्त हुनुहुन्छ ।
नयाँ गन्तव्य विकास गर्नुपर्ने
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि विविधीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मलको मूल्य वृद्धि फिर्ता गर्न माग
रासायनिक मलमा बढाएको मूल्य तत्काल फिर्ता गर्न किसान सङ्घ, सङ्गठनले माग गरेका छन् । राजनीतिक दल निकट चारवटा किसान सङ्गठनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी किसानलाई प्रत्यक्ष मार पर्ने गरी मलमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेका हुन् ।
सात करोड क्षतिपूर्ति भुक्तानी
कुवेतमा रहेको नेपाली दूतावासले १०१ जना नेपाली श्रमिकलाई सात करोड २७ लाख रुपियाँ क्षतिपूर्तिबापतको रकम नेपाल पठाएको छ । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्तिबापत सो बराबरको रकम नेपाल पठाएको हो ।
उपयोग भएन भन्सार छुट सुविधा
अमेरिकाले भन्सार छुट दिएका ७७ वटा स्वदेशी वस्तुको निर्यात न्यून रहेको छ । नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्ने लक्ष्यसहित ७७ वस्तुको निर्यातमा अमेरिकाले भन्सार छुट (शून्य) दिए पनि निर्यात भने बढ्न सकेको छैन । नेपालबाट अमेरिकामा हुने कुल निर्यातमा भन्सार छुट भएका वस्तुको निर्यात अत्यन्त न्यून रहेको छ ।
गहिरिँदै वित्तीय घाटा
राजस्व सङ्कलन खुम्चिँदा मुलुकको वित्तीय घाटा फराकिलो बन्दै गएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारको कुल आम्दानीको तुलनामा डेढ खर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । फागुनसम्म सरकारले सबै शीर्षकमा छ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ आम्दानी गरेको छ । यस अवधिमा सरकारले पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वअन्तर्गत कर राजस्वबापत पाँच खर्ब २६ अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ भने ५६ अर्ब २९ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
व्यापार घटेपछि व्यवसायी पलायन
बुटवलबाट विगत छ महिनायता सानाठूला गरी एक हजार व्यवसायी पलायन भएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घले विगत छ महिनामा २५ हजार व्यवसायी बुटवलबाट पलायन भएका र तिनमा सानाठूला गरी करिब एक हजार व्यवसायीसमेत रहेका जानकारी दिएको हो ।
विद्युत् चुहावट साढे बाह्र प्रतिशतमा झर्यो
नेपाल विद्युत् प्राधिकरणले समग्र विद्युत् चुहावट १२ दशमलव ५९ प्रतिशतमा झारेको छ । गत असारसम्ममा यस्तो चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । माघसम्म प्रसारणतर्फको ४ दशमलव ६० प्रतिशत र वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको हो ।
दूधको उपभोक्ता मूल्य वृद्धि
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ११ रुपियाँ बढाएको छ । डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो ।
दोहोरो अङ्कले घट्यो नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो।
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
चालु आर्थिक वर्ष २०७९–८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो।
च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार
बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईँले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका उहाँ तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित हुनुभएको हो ।
मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो
हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरू उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेको छ ।
बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै
चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू. एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ ।
विदेशी लगानीकर्ताले अहिलेसम्म चित्त दुखाउनु परेको छैन
दुई सय मेगावाटभन्दा ठूला जलविद्युत् आयोजना र छ अर्ब रुपियाँभन्दा माथिको वैदेशिक लगानीको स्वीकृति तथा सहजीकरणको जिम्मेवारी पाएको लगानी बोर्डको कार्यालय अर्को लगानी सम्मेलनको तयारीमा छ । लगानी स्वीकृति, परियोजना व्यवस्थापन, अवरोध समाधानजस्ता क्षेत्रमा कार्यालयले निर्वाह गरिरहेको भूमिका र सम्मेलनको तयारीमा केन्द्रित रहेर गोरखापत्रका गोपालचन्द्र सुवेदीले कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग गर्नुभएको कुराकानी :
चियाको पहिलो टिपाइ सुरु
इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ ।
लघुवित्तको निष्क्रिय कर्जा बढ्यो
लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकम उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकम उच्च रूपले बढेको पाइएको हो ।
‘लगानीकर्तालाई वैधानिक सहयोग गर्न तयार’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई सबै वैधानिक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले राजधानीमा बुधबार आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’मा नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको र आवश्यक परे थप सहज बनाउन पनि तयार रहेको उहाँको भनाइ थियो ।
अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन
नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था मौलिक हकअन्तर्गत व्यवस्था छ । संविधानकै धारा ५१(घ) (७)मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
काठमाडौंमा लघुवित्त र मिटरब्याजी पीडितको आन्दोलन
लघुवित्त र मिटरब्याजी पीडितले काठमाडौंमा आन्दोलन गरेका छन्।
नेप्सेमा सामान्य अङ्कको सुधार
यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ ।