पाँचथरमा बाढीले २६ ड्रम डिजल बगायो
पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पृथ्वी राजमार्ग विस्तार समय सकिन लाग्दा आठ प्रतिशत मात्रै काम
पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा भएको छ । पूर्वी खण्डको काम भने सन्तोष जनक छ । जुन रूपमा सम्पन्न हुनु पर्ने हो सो अनुसारको सम्पन्न नभए पनि ३० प्रतिशत काम भने पुरा भएको छ ।
फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरण जापान निर्यात सुरु
हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ । कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो ।
बाह्रै महिना पानी ल्याउने डिजाइन बन्दै
मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना पानी ल्याउने गरी डिजाइनको काम अघि बढाइएको छ। मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बर्खा लागेसँगै मध्यकालीन समाधानमार्फत इन्टेक स्थानान्तरण, बालुवा थिग्य्राउने प्रणालीलगायत सम्पूर्ण डिजाइनको काम अघि बढेको बताउनुभयो। अहिले वर्षमा १० महिना (करिब तीन सय दिन) पानी वितरण गर्ने अवस्था छ।
अट्ठाइस हजार करदाताको दर्ता खारेज
करमा दर्ता भएका विभिन्न २८ हजार ३५३ करदाताको दर्ता खारेज भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार व्यावसायिक, व्यक्तिगत र करकट्टी गर्ने निकायको गरी हालसम्म सो सङ्ख्या बराबरको दर्ता खारेजी भएको हो । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बरले १२ हजार ६३५ र करकट्टी गर्ने निकायले लिएको दुई वटा स्थायी लेखा नम्बर खारेज भएको छ ।
त्रिचालिस अर्बभन्दा बढीको सुन आयात
सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । गत वर्ष सो अवधिमा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ ।
नर्सलाई बेलायत पठाउने तयारी सुरु
सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै सरकारले बेलायतमा नर्स पठाउने तयारी थालेको हो ।
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
महासंघ र परिसंघका पदाधिकारीबीच भेटवार्ता
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।
वर्षायाममा खाद्यान्न अभाव नहुने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।
नेप्से परिसूचक २१.३२ अङ्कले गिरावट
साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अङ्क घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अङ्कले गिरावट आएको छ ।
बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल
मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ ।
हेवाखोलामा तेस्रो पटक डाइभर्सन गरेर यातायात खुलाइयो
असार २ गते राति आएको बाढीले पुल बगाएपछि आवागमन ठप्प भएको मेची राजमार्ग अन्तर्गत हेवाखोलामा आइतबार रातीदेखि यातायात र ढुवानीका साधन सुचारु भएका छन् ।
मुस्ताङमा स्याउको दाना कम लाग्दा उत्पादन घट्ने
मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् ।
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ
असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।
सिक्टाको पानीले किसानलाई खुसी
करिब दुई दशकअघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि कृषकले उत्पादन बढ्ने आशाले खुसी भएका छन् । पूर्वी नहरबाट चार हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा पुगेपछि करिब सात हजार किसानले अब वर्षैभर खेती गर्न पानीको सुनिश्चितता भएको छ ।
गत वर्षभन्दा धान रोपाइँमा कमी
ढिलो मनसुन सुरु भएका कारण गत वर्षको तुलनामा रोपाइँ कम भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ११.१४ प्रतिशत मात्र रोपाइँ भएको छ । जब कि गत वर्ष असार १० सम्ममा १७ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो । सबभन्दा बढी कर्णाली र सुदूरपश्चिममा २३–२३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । कोशी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ११.९, गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमतीमा पाँच प्रतिशत रोपाइँ भएको छ भने सबभन्दा कम मधेशमा हालसम्म तीन प्रतिशत रोपाइँ मात्र भएको छ ।
एलडिसी स्तरोन्नतिको रणनीति अन्तिम चरणमा
राष्ट्रिय योजना आयोगले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने सन्दर्भमा आवश्यक रणनीति निर्धारणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि गरिएको छलफलका क्रममा सो कुरा बताइएको हो ।
पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।
पर्यटकको आगमन बढ्यो पूर्वाधार सञ्चालन कहिले ?
पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ । सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
वैदेशिक रोजगारीको कुरूप पाटो, देशभित्रै ठगिन्छन् युवा
वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।
निगमले आइओसीलाई तिर्यो २४ अर्ब बक्यौता
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ।
ऋणको उपयोग गर्ने नीति लिइएको छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ।
पाँच स्थानीय तहको बजेट पारित, ६ को बाँकी
गोरखाका ११ वटा स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान छ । सोहीअनुरूप नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कतिपयले पारित गरेका छैनन् ।