नयाँ जातका स्याउ खेती विस्तार
परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौ धौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन्। स्याउ, मकै, भटमास, आलु र राजमाको खेती गर्ने किसान स्याउ खेती विस्तारमा लागेका छन्। परम्परागत यी बालीबाट राम्रो आम्दानी नभएपछि यहाँका किसान अहिले उच्च प्रविधिको इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तारमा लागेका हुन्।
थाई एयरवेजको पुनर्आगमन
थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । सन् १९६८ डिसेम्बर ४ मा नेपालमा पहिलो पटक जेट इन्जिन जहाजमार्फत उडान भरेको थाई एयरवेजले कोरोना महामारीका कारण बैङ्कक–काठमाडौँ नियमित उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई एयरवेजले कात्तिक १५ देखि नेपालमा पुनः उडान सुरु गर्न लागेको हो ।
दुधमा अनुदानले किसान हर्षित
आफूले दैनिक बिक्री गरेको दुधमा बागमती प्रदेश सरकारबाट थप प्रोत्साहन रकम प्राप्त गरेपछि जिल्लाको बेथानचोक गाउँपालिकाका किसान खुसी भएका छन् । प्रदेश सरकारबाट दुधमा उत्पादनमा आधारित अनुदानको रकम बेथानचोकका करिब दुई सय किसानले प्राप्त गर्दै आएका छन् ।
नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि
भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।
कपास विकास समितिलाई अलपत्र पारेको आरोप
बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सर्वदलीय बैठकले सरकारसँग माग गरेको छ । खजुरास्थित कपास विकास समितिमा आयोजना गरिएको सर्वदलीय बैठकमा सहभागी सबै दलका स्थानीय नेताले समितिलाई खारेज गर्ने निर्णयले सयौँ किसान र व्यवसायी मर्कामा परेको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।
केरामा फेला पर्यो ‘पानामा’ रोग
नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो । केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ ।
विद्युत निर्यातको पूर्वाधार निर्माणमा सरकारले महत्त्व दिएको छ : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहरेको बताउनुभएको छ।
ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री दाहालबाट सुरु भएको हो : घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सम्भव भएको बताउनुभएको छ।
तेह्र वर्षमा सकियो पश्चिम नेपाल जोड्ने प्रसारण लाइन
सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला रु आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ ।
बङ्गलादेशसँग छिट्टै विद्युत व्यापार सम्झौता : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ ।
जुम्लामा एनसेलको फोरजी
दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटाले जुम्लामा फोरजी सेवा सुरु गरेको छ । जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक/एक गरी तीन वटा नयाँ टावर जडान गर्दै फोरजी सेवा सुरु भएको कम्पनीले घोषणा गरेको हो । यसअघि कम्पनीले भिस्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।
इजाजत नलिई बिमा व्यवसाय नगर्न आग्रह
इजाजत नलिई पुनर्बिमा, बिमा कोष जस्ता शब्द प्रयोग गरी बिमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार नगराउन नेपाल बिमा प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै इजाजत नलिई बिमा प्रवृत्तिका व्यवसाय नगर्न र नगराउन सचेत गराएको छ ।
नियमित उज्यालोको पर्खाइमा कालीकोट
राष्ट्रिय प्रसारण लाइन पुगेको दुई वर्ष भए पनि कालीकोटवासीले नियमित बत्तीको उज्यालो भने पाउन सकेका छैनन् । दिनमा जे जसो भए पनि रातको समयमा ढुक्कले बत्तीको उज्यालो कहिले मिल्छ भनेर यहाँका नागरिक पर्खाइमा छन् । रास्कोट नगरपालिका–२ की निर्मला रोकालाई कक्षा १२ को एउटा विषय लागेको छ । त्यसको पूरक दिनका लागि तयारी कक्षा लिन मान्म आएको एक हप्ता भयो ।
बागमती प्रदेशको श्रम नीति सार्वजनिक : वार्षिक पचास हजारलाई रोजगारी
बागमती प्रदेश सरकारले वार्षिक कम्तीमा ५० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित ‘प्रदेश श्रम तथा रोजगार नीति, २०८०’ सार्वजनिक गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक गर्नुभएको प्रदेश श्रम तथा रोजगार नीतिमा प्रदेशभित्र कम्तीमा ५० हजार जनालाई रोजगारी दिन प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । मुख्यमन्त्री जम्कट्टेलले श्रमसम्बन्धी मूल अधिकार सङ्घमा रहेको, श्रमसम्बन्धी अधिकार प्रदेशमा कम रहेको र केही अधिकार मात्र स्थानीय तहमा रहेको बताउँदै नेपालमा कृषि नै प्रमुख रोजगारीको क्षेत्र भएको बताउनुभयो ।
धान रोपाइँ ९४ प्रतिशत सबभन्दा कम मधेश प्रदेशमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार यस पटक ९२ प्रतिशत रोपाइँ मात्र भएको छ । सात वटा प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्नको भण्डार मानिएको मधेश प्रदेशमा यस वर्ष ८२ प्रतिशत रोपाइँ मात्र भएको छ । गत वर्ष साउन २८ सम्म ९३ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा चार लाख एक हजार ६५० हेक्टरमा खेती हुन्छ, त्यसमध्ये तीन लाख ३१ हजार १६५ हेक्टरमा मात्र रोपाइँ भएको छ । अर्थात् ७० हजार ४८५ हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
नेपाली गोलभेँडा भारत निर्यात
भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेँडा भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराई निर्यातको सुरुवात गरेको हो । नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।
महिनामै तीन हजारले घट्यो सुनको मूल्य
एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ । गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको मूल्य अहिले तोलामा तीन हजार घटेर एक लाख १० हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउनको पहिलो साता प्रतितोला साता एक लाख १३ हजार रुपियाँ पुगेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा घट्दै गएको महासङ्घले जनाएको छ ।
तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो
चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।
नेपाली टमाटर भारत निर्यात
भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको टमाटार भारतीय बजारमा पुग्न थालेको छ ।
चीनद्वारा ब्याजदर कटौती
चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
बजेटको तत्काल व्यवस्था गर्न माग
सरकारले कृषि मन्त्रालय अन्तर्गत खारेजी तथा पुनर्संरचनाको नाममा शून्य बजेट गरेका निकायहरूमा विद्यमान संरचना अनुसार प्रस्तावित बजेट तत्काल व्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन् । यी माग पूरा गराउनका लागि पशुपन्छी क्षेत्रका विभिन्न १२ वटा संस्थाले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको समेत घोषणा गरेका छन् । नेपालको दुधमा करिब आत्मनिर्भर र मासु तथा अन्डामा पूर्ण रूपमा आत्मनिर्भर भई कुल गार्हस्थ उत्पादनमा करिब ११.५५ प्रतिशत योगदान दिँदै निर्यातको चरणमा प्रवेश गर्ने अवस्थामा पुगे पनि सरकारले यो क्षेत्रसँग भेदभाव गरेको ती संस्थाले आरोप लगाएका छन् ।
एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली सुरु
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो मातहतका कार्यालयबाट एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सुरु गरेको छ । विभागले गएको शुक्रबारदेखि ‘पाइलट’ का रूपमा उक्त प्रणाली सुरु गरेको हो । विभागका महानिर्देशक केशवप्रसाद विमलीले विभागबाट हुने सबै गतिविधि तीन महिना ‘पाइलट’ का रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागका सबै गतिविधि तीन महिनासम्म ‘पाइलट’ का रूपमा सञ्चालन गर्छौं, यो सफल हुनेबित्तिकै पूर्ण रूपमा अनलाइनमै जान्छौँ ।”
सार्वजनिक खरिद सहज बनाउन जोड
सार्वजनिक खरिदका जटिलता समाधान गर्दै प्रक्रिया सरल बनाउन सरोकारवालाले जोड दिएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७ औँ स्थापना दिवसका अवसरमा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा यससम्बन्धी कानुनलाई समयसापेक्ष बनाउँदै प्रक्रियालाई सरल बनाउन जोड दिइएको हो ।
आयातित वस्तुमा स्टिकर प्रणाली रोक्न आग्रह
इम्पोटर्स एसोसिएसन अफ नेपालले तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्ने दाबी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पैठारीमा लेबलिङ स्टिकरको जटिलता तथा सम्भावित उपायका विषयमा सुझावपत्र बुझाउँदै सङ्घले यो व्यवस्थाको लक्ष्य राम्रो भए पनि कार्यान्वयन जटिल रहेको र परिणाम उल्टो आउन सक्ने दाबी गरेको हो ।