• ६ जेठ २०८१, आइतबार

विद्युत निर्यातको पूर्वाधार निर्माणमा सरकारले महत्त्व दिएको छ : ऊर्जामन्त्री

blog

प्रसारण लाइन उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ ५ गते। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहरेको बताउनुभएको छ। 

मङ्गलबार भरतपुर सब-स्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। उहाँले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रूपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार गरी विद्युत निर्यातको लागिसमेत आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गरिहरेको बताउनुभयो। 

उहाँले नेपालमा खपत भएर अतिरिक्त भएको विद्युत निर्यातका लागि अन्तर्देशीय प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकता दिएर काम भइरहेको बताउनुभयो। उहाँले विद्युत विकासमा भएको सुधारसँगै आएका नयाँ चुनौतीलाई अवसरको रूपमा सरकारले ग्रहण गरिरहेको बताउनुभयो। 

उहाँले यो जिम्मेवारीलाई पूरा गर्ने गरी देशव्यापी रूपमा ट्रान्समिसन लाइनको विस्तार र प्रसारण तथा वितरण प्रणाली सुधार गुणात्मक बनाउनको लागि मिटर रिडिङ प्रणाली कार्यान्वयन गर्न लागेको बताउनुभयो। 

उहाँले ४०० केभिका अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्य सुरु गरेको पनि बताउनुभयो। उहाँले मुलुकमा विद्युत उत्पादन र खपत वृद्धिको भार बहन गर्नसक्ने गरी प्रसारणलाइनको विकास विस्तार गरिरहेको बताउनुभयो। उहाँले सरकारले आन्तरिक वितरण प्रणालीलाई व्यवस्थित गर्ने गुणस्तरीय बनाउने र विद्युत व्यापारमा जोड दिएर एकीकृत योजना बनाई रहेको बताउनुभयो। उहाँले सरकारले सेवा प्रवाहको लागि मात्रै नभएर सबैको लागि ऊर्जा, विकासको लागि ऊर्जा, समृद्धिको लागि ऊर्जा र स्वच्छ वातावरणको लागि ऊर्जाको लागि योजना बनाएर काम गरिरहेको उल्लेख गर्नुभयो। 

मंगलबार नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सब-स्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन भएको छ।  प्रधानमन्त्री दाहालले आज सब-स्टेसज र प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।