पर्यटन ऐन संशोधन आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधानका लागि पर्यटन ऐन संशोधन गर्न मन्त्रालय लागेको बताउनुभएको हो ।
कुखुराको अवैध ओसारपसार नियन्त्रण गरिने
भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरू मारमा परेको परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन् । आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, सङ्क्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालक पलायनको अवस्थामा पुगेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर परेको भन्दै अवैध आयात नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् ।
पेट्रोलियम ढुवानीमा भ्याट बिलसहितको बिमा
नेपाल आयल निगमको देशभरका डिपोबाट गन्तव्य स्थानसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुन सक्ने सम्भावित क्षतिको बिमा सुरु भएको छ । पेट्रोलियम व्यवसायी सङ्घ नेपालले आफ्ना सदस्यहरूका लागि नेको इन्स्योरेन्ससँगको सहकार्यमा यस्तो बिमा सुरु गरेको हो । यस्तो सहकार्यसँगै यसअघि निगमको डिपोबाट ढुवानीमा हुने गरेको बिमाको चिर्कटो प्रथा पनि अन्त्य भएको सङ्घले जनाएको छ । नयाँ सहकार्यसँगै नेको इन्स्योरेन्सबाट भ्याट बिलसहितको बिमा पोलिसी जारी हुने सङ्घले जानकारी दिएको छ । चिर्कटो जारी गर्दा त्यसले बिमाको विश्वसनीयतामै प्रश्न उठेको भन्दै नवगठित सङ्घले आफ्नै पहलमा व्यवस्थित बिमा व्यवस्था गरेको हो ।
अर्थमन्त्री महत क्यानडा प्रस्थान
अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा प्रस्थान गर्नुभएको हो । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा जानुभएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गर्नुभएको छ ।
भारतद्वारा प्याज निर्यातमा चालिस प्रतिशत महसुल
भारतले सरकारले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक मागलाई असर नपरोस् भन्ने हेतुले शनिबार भारतको अर्थ मन्त्रालयले निर्यातलाई नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ ।
बाढीले पुरिएको डेढ करोड फेला
मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपियाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।
हुलाकी राजमार्ग म्यादभित्र ६० प्रतिशत मात्र सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६६-०६७ मा निर्माण सुरु भएको यस आयोजनाको निर्माण कार्य २०७९-०८० मा सकिने भनिएपनि निर्धारित मितिमै नसकिने भएपछि सरकारले संशोधन गर्दौ आर्थिक वर्ष २०८३-०८४ मा सक्ने जनाएको छ ।
धानको बिउमा जाइकाको सहयोग
जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) ले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मार्फत नेपालको बिउबिजन अनुसन्धानमा सहयोग गर्ने भएको छ । नार्क र जाइकाबिच भएको छलफल अनुसार बिउ उत्पादन, आपूर्ति र गुणस्तर नियन्त्रणमा जाइकाले सहयोग गर्ने भएको छ । नार्क अन्तर्गत राष्ट्रिय बिउ विज्ञान प्रविधि अनुसन्धान केन्द्र र जाइकाका प्रतिनिधिबिच यस विषयमा छलफल भएको हो ।
सहज स्थितिमा बाह्य सूचक आन्तरिक अर्थतन्त्र सुधार्ने अवसर
गत वर्ष वैशाखमा विदेशी मुद्राको सञ्चिति घटेर बढीमा साढे छ महिनाको वस्तु तथा सेवाको मात्र आयात धान्न सक्ने अवस्था सिर्जना भएपछि नेपालको अर्थतन्त्र ‘श्रीलङ्का पथ’ मा जाने चर्चा चुलियो । विदेशी मुद्रा रित्तिएर अत्यावश्यक वस्तुसमेत आयात गर्न नसकेर टाट पल्टेको घोषणा गरेको श्रीलङ्कासँग नेपालको तुलना हुन थालेपछि सरकार झस्कियो ।
कर्जा प्रवाहको वृद्धिदरमा सङ्कुचन बढ्यो निक्षेप परिचालन
आर्थिक वर्ष २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर सङ्कुचित भएर ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।
सैँतिस कम्पनीलाई लाइसेन्स
थप पाँच वटा कम्पनीले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । बोर्डको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रोडसो सेक्युरिटिज, सजिलो ब्रोकर लिमिटेड, हिमालयन सेक्युरिटिज, बेनी सेक्युरिटिज र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।
पहिलो महिनामै बाह्र अर्बको वैदेशिक लगानी
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । आव २०७८/७९ को साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।
अवरुद्ध विद्युत पुन सञ्चालनमा
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाको अवरुद्ध भएको भुवा खोला लघु जलविद्युत यतिबेला पुन सञ्चालनमा आएको छ ।
कृषि अनुसन्धानका लागि सहकार्य
कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।
शोधनान्तर स्थितिमा सुधार, बढ्यो रेमिट्यान्स
अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत असारसम्ममा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
श्रमिकको न्यूनतम पारिश्रमिक बढाइयो
नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपियाँ रहेको थियो ।
सरकारको आम्दानी चार अर्ब घट्यो
मुलुकको आर्थिक स्थितिमा विस्तारै सुधार हुँदै गएको दाबी गरिए पनि सरकारी तथ्याङ्कले भने त्यसलाई पुष्टि गर्दैन । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको सरकारको प्राप्ति र भुक्तानीसम्बन्धी तथ्याङ्कले सरकारको आम्दानी गत आवको तुलनामा झन् घटेको देखाउँछ ।
गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।
गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ ।
चालु खाता ७२ अर्ब घाटामा र शोधनान्तर करिब तीन खर्बले बचतमा
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले रु पाँच अर्ब ९६ करोड बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।
गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।
तरकारी बजारले बदलियो फिस्लिङको पहिचान
पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ ।
व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।
धानबालीलाई मल अभाव नहुने, सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात
देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने रोपिएका धानबालीका लागि मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ ।