रेमिट्यान्स खातामा थप ब्याज
बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
एकल महिलाको जीवनको सहारा सुक्खा फलफूल खेती
सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको डाँडो एकल महिलाको जीवनको सहाराका रूपमा रोजगारी दिने केन्द्र बनेको छ । स्याउ, ओखर, कागजी बदाम र नास्पातीका करिब ६० हजार बिरुवा हुर्काइरहेको सतबाँझको २९ हेक्टर क्षेत्रफलमा महिलाले मल बोक्ने, कान्ला खन्ने र बोटबिरुवा गोडमेल गर्ने काम गरेर वर्षभरि ४० लाख रुपियाँ कमाउने गरेका छन् । सुर्नया गाउँपालिका–२ की एकल महिला द्रोपती पाण्डेयले सतबाँझको सुक्खा डाँडो जीवनको सहारा भएको बताउनुभयो । दुई दशकदेखि फलफूल विकास केन्द्रमा नियमित ज्याला मजदुरी गर्दै आउनुभएकी पाण्डेयले छोराछोरी हुर्काउने, पढाउनेदेखि सरकारी जागिरेसम्म पु¥याएको बताउनुभयो ।
पन्ध्राैँ पञ्चवर्षीय योजनाले अपेक्षित सफलता हात पार्न सकेन
कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण सृजित आर्थिक सामाजिक प्रतिकूलताका कारण १५ औँ पञ्चवर्षीय योजनामा अपेक्षित सफलता हात पार्न नसकेको निष्कर्षसहित राष्ट्रिय योजना आयोग १६ औँ पञ्चवर्षीय योजनाको (२०८१/८२–२०८५/८६) तयारीमा जु्टेको छ । आगामी माघसम्ममा मस्यौदा तयार गरिसक्ने गरी थालिएका आवधिक योजना निर्माणको प्रक्रियामार्फत आर्थिक सामाजिक रूपमा अग्रगामी योजना, संरचनागत परिवर्तन र प्राकृतिक स्रोतसाधनको उच्चतम सदुपयोगमा बढी जोड दिइने आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताउनुभएको छ ।
‘कृषि क्षेत्रको विकास र समृद्धिका लागि सरकार गम्भीर’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको विकास र समृद्धिका लागि सरकार गम्भीर रहेको तर त्यस अनुसारको काम सम्बन्धित पक्षले पनि गर्नुपर्ने धारणा राख्नुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका तर्फबाट कृषिमन्त्री डा. वेदुराम भुसालको नेतृत्वमा कृषि सचिव डा. गोविन्द शर्मा, कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसी, पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्ले तथा त्यस मन्त्रालयका सरोकारवाला निकायका अधिकारीले कृषि बजेटका बारेमा ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले सो धारणा राख्नुभएको हो । कृषिको विषयमा चाहिँदो/नचाहिँदो कुरा आइरहेका छन्, जसले जताततै प्रभाव पारिरहेको बताउँदै उहाँले कृषिमा सतही कुरा गरेर धेरै कुरा बिगारिरहेका छन् भन्नुभयो । उहाँले ठोस र यथार्थपरक कुरा आउनुपर्ने धारणा राख्नुभएको कृषि सचिव शर्माले बताउनुभयो ।
तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट
यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।
झन्झटिलो ठेक्का प्रक्रियाले पुँजीगत खर्च बढेन
अहिलेसम्म पुँजीगत खर्च आधा भएको छैन। महालेखा परीक्षक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार हालसम्म पुँजीगत खर्च ४२.६१ प्रतिशत मात्र भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म एक खर्ब ६२ अर्ब आठ करोड ६७ लाख रुपियाँ मात्र खर्च भएको छ।
नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव ३६ पुगेको छ ।
बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत बेच्न तयारी
नेपालले वर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि भारतीय पक्षसँग छलफल भएको थियो ।
खेर जाने बाँसबाट घरायसी सामग्री बनाउँदै इलामका महिलाहरू
इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ वर्षमा पुग्नु भयो । ६१ बर्षीया राई अहिले धमाधम बाँसका सामग्री बनाउने सीप सिक्दै हुनुहुन्छ । हातमा कुनै सीप नभएका राई अहिले बाँसका विभिन्न सामग्री निर्माण गर्न पोख्त भइसक्नु भएको छ । ‘आफू सँग कुनै सीप नहुँदा धेरै दुख पाइयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भन्नुभयो ।
बागमती प्रदेशको बजेटमाथि आजबाट छलफल सुरु
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०=०८१ क लागि ल्याएको बजेटमाथि (आज) मङ्गलवारबाट छलफल सुरु हुने भएको छ ।
नार्कलाई पुनर्संरचना गर्न समिति गठन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचना गर्न एक उच्चस्तरीय समिति गठन गर्नुभएको छ । नार्कका पूर्वकार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङको नेतृत्वमा पाँच सदस्यीय नार्क पुनर्संरचना उच्चस्तरीय समिति गठन गरिएको छ । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईका अनुसार समितिका सदस्यहरूमा कृषि विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसर प्राडा दुर्गामणि गौतम, कृषि मन्त्रालयका सहसचिव सबनम सिवाकोटी, पशु तथा मत्स्य अनुसन्धान केन्द्रका निर्देशक डा. डोजराज खनाल र सदस्य सचिवमा नार्कका प्रशासन निर्देशक नवीन पौडेल रहनुभएको छ ।
‘पाँच सय मेगावाट विद्युत् खेर गयो’
निजी क्षेत्रका ऊर्जा उत्पादकले विभिन्न ३० जलविद्युत् आयोजनाको करिब पाँच सय मेगावाट विद्यत् खेर जान थालेको औँल्याएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान कार्यालयमा भएको छलफलमा ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले ३० जलविद्युत् आयोजनालाई आफ्नो क्षमताको आधा मात्रै विद्युत् उत्पादन गर्न बाध्य पारेको र यसबाट पाँच सय मेगावाट उत्पादन बन्द गराइएको आरोपसमेत लगाएका छन् ।
हेटौँडा सिमेन्टको नोक्सानी चुलिँदै
घाटामा सञ्चालन हुँदै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको चालु आर्थिक वर्षमा २० करोड रुपियाँ नोक्सानी थपिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सिमेन्ट उत्पादन लागत बढ्दै जाँदा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
स्टार्टअप कार्यविधि संशोधन गरिँदै
सरकारले स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९ संशोधन गरेको छ । पहिलो पटक ल्याएको कार्यक्रम कार्यान्वयनमा दुविधा आएपछि कार्यविधि थप संशोधन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि संशोधन गरेर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको जानकारी दिएको छ । स्टार्टअप कर्जाका लागि परेका आवेदनले न्यूनतम ५० अङ्क ल्याउनुपर्ने र स्टार्टअप समितिले आफैँ कार्यविधि बनाउन सक्ने व्यवस्था थप गरेर अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले कार्यविधि संशोधन भएर आएपछि १०/१५ दिनमा कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो ।
औषधीको मूल्य समायोजन गर्न माग
नेपाल औषधी उत्पादन सङ्घले सिटामोल र जीवनजल (ओआरएस) अहिलेको मूल्यमा उत्पादन गर्न नसकिने भन्दै मूल्य समायोजनको माग गरिरहेको छ । सरकारले तोकेको मूल्यमा सिटामोल र जीवनजल उत्पादन गरेर बिक्री गर्नै नसकिने भन्दै औषधी उत्पादक उद्योगीले मूल्य समायोजन गर्न माग गरेका हुन् । लामो समयदेखि प्रतिप्याकेट जीवनजलको उत्पादन गर्दा न्यूनतम लागत मूल्य १७ रुपियाँ पर्छ तर बजार मूल्य प्रतिप्याकेट सात रुपियाँ नोक्सान बेहोरेर १० रुपियाँमा कति दिन बिक्री गर्न सकिन्छ ? औषधी उद्योगीले प्रश्न गरेका छन् । नेपाल औषधी उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले जीवनजल उत्पादनको परिणाम धेरै घटेको दाबी गर्नुभयो ।
संशोधनविना बजेट पारित हुन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
रेसुङ्गा नगरपालिकाको बजेट करिब ७२ करोड
गुल्मीको रेसुङ्गा नगरपालिकाले झण्डै ७२ करोडको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७६० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
बाँकेका आठ पालिकामा करिब ६ अर्बको बजेट
एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् ।
म्याग्दीका स्थानीय तहमा तीन अर्ब बढी बजेट
म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । गाउँ तथा नगर सभा मार्फत बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट २ अर्ब दुई करोड ५३ लाख ४१ हजार एक सय रुपियाँ बराबरको बजेट पारित गरेका हुन् ।
बर्दियाका ६ पालिकाले ल्याए बजेट
बर्दियाका आठ वटा पालिकाहरूमध्ये ६ पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् भने २ वटा पालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् ।
झापाका १५ पालिकालाई १३ अर्बभन्दा बढी बजेट
झापाका १५ वटै पालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएका छन् । यस आर्थिक वर्षमा झापामा कुल १३ अर्ब ६६ करोड २४ लाख रुपियाँ बराबरको बजेटमा सबैभन्दा बढी बजेट दमक नगरपालिकाको एक अर्ब ८४ करोड, १२ लाख रुपियाँ रहेको छ भने सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपियाँ बराबरको रहेको छ ।
उकालो लाग्दै अण्डाको मूल्य
किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो ।
पूर्वाधार र आधुनिक कृषिमा आत्मनिर्भर सहितको योजनामा प्राथमिकता
भोजपुरको नौ वटै पालिकाले असार १० गते पेस गरेको नीति तथा कार्यक्रम सहितको बजेटमा पुर्वधार, आधुनिक कृषि, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ ।
तनहुँका दश स्थानीय तहद्वारा रु सात अर्ब ७५ करोडको बजेट प्रस्तुत
तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।