सर्वसाधारणका लागि सेयर जारी गर्दै विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।
ढाकाको कपडाले बजार पाएन
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।
१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।
दामन रिसोर्टकाे भाडा एक करोड रुपियाँ
मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो ।
म्याग्दीमा आलु विक्री भएन
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।
‘लगानी बढाउन नीतिगत स्थिरता आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहने बताउनुभएको छ । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन कार्यक्रममा उहाँले नीतिगत स्थिरताको अभावमा लगानीको वातावरण नबन्ने बताउनुभएको हो । “नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन,” उहाँले भन्नुभयो ।
आकासियो गोलभेँडाको मूल्य
एक सातादेखि गोलभेँडाको मूल्य आकासिएको छ । व्यवसायीका अनुसार गोलभेँडाको मूल्य अहिलेसम्मकै बढी हो । एक साताअघि गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपियाँबाट बढेर अहिले ११७ रुपियाँभन्दा माथि उक्लिएको छ । पोखराको सबैभन्दा ठूलो तरकारी बजार कृषि बजार व्यवस्थापन समिति योजना सहायक रूपा दाहालले अरू तरकारीको मूल्य नबढेको अवस्थामा गोलभेँडाको मात्र मूल्य बढेको सुनाउनुभयो । अहिले गोलभेँडाको मूल्य अधिक रहेको उहाँको भनाइ छ । “एक साताअघि ६०/७० रुपियाँ हाराहारीमा प्रतिकिलो गोलभेँडा बिक्री हुन्थ्यो, एक्कासी यसको मूल्य बढेको छ,” उहाँले भन्नुभयो ।
चिया खेती गर्दै विद्यार्थी
म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरुले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरुवा रोपेका छन् ।
ऊर्जा विकासमा संयुक्त प्रतिबद्धता आवश्यक
ऊर्जा क्षेत्र द्रुत विकासका लागि सबै दलको संयुक्त प्रतिबद्धता आवश्यक रहेको औँल्याइएको छ । संसद्को पूर्वाधार विकास समितिमा मङ्गलबार भएको नेपालको ऊर्जा विकाससम्बन्धी छलफलमा सहभागी संसादहरूले यस्तो आवश्यकता औँल्याएका हुन् । आगामी १० वर्षमा ३० हजार मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने सम्भावना साकार पार्न यस्तो प्रतिबद्धता आवश्यक रहेको बताइएको हो । मङ्गलबार सिंहदरबार स्थित पूर्वाधार विकास संसदीय समितिको सभा हलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको समस्या र सोको समाधानका उपायबारे छलफल भएको थियो ।
दुग्ध विकास बोर्ड खारेजी फिर्ता
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ । यसअघि सरकारले चालु आवको बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो । मन्त्रीपरिषद्को बैठकले बोर्ड खारेजी फिर्ता गर्ने निर्णय लिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषिमन्त्री डा. बेदुराम भुसालको निजी स्वकीय सचिव सुशील भट्टराईका अनुसार बोर्डको आवश्यकता देखेर खारेजी फिर्ता गरिएको बताउनुभयो ।
श्रम अडिट मापदण्ड कार्यान्वयन सन्तोषजनक
पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या पाँच वर्षको बिचमा सात गुणाले बढेको छ । प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र रोजगारदाताबिचको श्रम सम्बन्धसमेत थप सुधार भएको हो ।
नवौं राष्ट्रिय खेलकुद सकिएको १० महिनापछि आय–ब्यय सार्वजनिक
नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो ।
झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी
धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभई नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् ।
म्याग्दीमा मालपोतको राजस्व घट्यो
जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
गोलभेँडाको मूल्य एक महिनामै १२ गुणा बढ्यो
धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो । टमाटर बिक्री नहुँदा उहाँले लगाएको धेरै टमाटर बारीमै नष्ट भयो । ७-८ रुपियाँमा समेत बिक्री गर्न खोज्दा पनि क्रेता पाउन मुस्किल थियो । तर एक महिनाको अवधिमा एकाएक गोलभेँडाको मूल्य आकासिएको छ । अहिले थोक मुल्यनै एक सय रुपियाँ प्रति किलो पुगेको छ । तर मूल्य आकासिँदा राईको बारीमा एक गेडो पनि टमाटर छैन । “गोलभेँडा हुँदा मूल्य पाइएन सबै खेर गयो अहिले मूल्य हुँदा गोलभेँडानै छैन” राई गुनासो गर्नुहुन्छ ।
श्रमिकको माग सम्बोधन गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले झापाको चिया बगानमा कार्यरत श्रमिकको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले चिया बगानमा कार्यरत श्रमिकले ऐनबमोजिम न्यूनतम सेवा सुविधाबाट समेत वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले चिया बगानमा कार्यरत श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरवलोकन गर्न, पेसागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
कोरियाबाट फर्केर तरकारी खेती
वैदेशिक रोजगारीमा गएर फर्किएका अधिकांश युवाले घडेरी किन्ने घर बनाउनेजस्ता क्षेत्रमा लगानी गर्छन् । आजकल यो वैदेशिक रोजगारीबाट फर्केका युवामा फेसन जस्तै बनेको छ तर वराहक्षेत्र नगरपालिका–९, ढोलबजियाका तीन युवकले पुख्र्याैली पेसामा नै लगानी गरेका छन् ।
सहकारी गोएमएल प्रणालीमा आबद्ध हुनुपर्ने
अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ । गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।
सुनचाँदी व्यवसायनसम्बन्धी मापदण्ड जारी गर्न माग
सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा महासङ्घले व्यवसाय सञ्चालनका लागि प्रस्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुनचाँदी व्यवसायका बारेमा जानकारी गराउँदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन महासङ्घका प्रतिनिधिले आग्रह गरेका छन् ।
२० हजार थान रिचार्ज कार्ड हरायो
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।
‘तपाईंले नियुक्तिपत्र पाउनुभएको छैन, उजुरी गर्नूस्’
कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन ? त्यस्तो हो भने बुधबारदेखि श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने विभागले जनाएको छ । विभागले यस्ता उजुरीको अवस्था अनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रियामा जाने तयारी गरेको जनाएको छ ।
हिमाली र पहाडी जिल्लाका व्यावसायिक उडानमा कडाइ
नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो ।
श्रीनगर एग्रो फार्म आइपिओमा जाने तयारी
पशुपन्छी तथा दानाजन्य उत्पादनमा वार्षिक अर्बभन्दा बढीको कारोबार गरिरहेको श्रीनगर एग्रो फार्म प्रालिले साधारण सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि श्रीनगर एग्रो फार्म प्रालिलाई श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड बनाएको छ । श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीका रूपमा रूपान्तरण भएको हो ।
गाउँमै महँगियो गोलभेँडा
पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको दोस्रो साता आइपुग्दा मूल्य बढेर ९० रुपियाँसम्म पुगेको छ । गोलभेँडाको बोटमै पुगेर व्यापारीले ९० रुपियाँ प्रतिकिलोका दरले गोलभेँडा खरिद गरिरहेका छन् । “यो वर्ष थोरै गोलभेँडा लगाइयो । गत वर्ष बिक्री हुन गाह्रो भएको थियो । त्यस्तै होला भनेर कम रोपियो । अहिले चाहिँ मजाले भाउ आयो,” मङ्गलबार गोलभेँडा बिक्रीकै लागि इलाम बजार आइपुग्नुभएका माईजोगमाई–५ का महेन्द्र चापागाईंले भन्नुभयो, “यहाँ आफैँ ल्याउँदा त प्रतिकिलो १२० का दरले बिक्री भयो । घरमा ९० रुपियाँले बेचिरहेका थियौँ ।”