• ६ जेठ २०८१, आइतबार

२० हजार थान रिचार्ज कार्ड हरायो

blog

काठमाडौँ, साउन २४ गते । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । 

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ । नेपाल टेलिकमको प्रवक्ता सोभन अधिकारीका अनुसार कार्ड टेलिकमको सिस्टममा दर्ता नभएकाले यसको प्रयोगमा नआउने र खरिद नगर्न समेत जानकारी गराएका हौ ।