• १२ साउन २०८१, शनिबार

ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

blog

काठमाडौँ, साउन २७ गते । सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ । राष्ट्र बैङ्कले जारी गर्ने उक्त विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ ।

विकास ऋणपत्र खरिद गर्न इच्छुकले साउन २८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्ने छन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्ने छन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलबालालार्ई निष्कासित रकमको आठ अर्ब पाँच करोड (८५ प्रतिशत) र एक अर्ब पाँच करोड (१५ प्रतिशत) छुट्याइएको राष्ट्र बैङ्कले जनाएको छ ।