विपत् कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय
सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।
ऊर्जा र सिँचाइमा चार अर्ब पैँतिस करोडको क्षति
लगातार भएको वर्षका कारण आएको बाढी पहिरोले देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिब चार अर्ब ३५ करोड रुपियाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
बिस करोडको फलफूल नष्ट
कुलेश्वरस्थित फलफूल बजारमा २० करोड रुपियाँ बराबरको फलफूल नष्ट भएको छ ।
क्षति विवरण सङ्कलन गर्न पत्राचार
बाढीपहिरोका कारण कृषकको बालीनाली, पशुपन्छी, खाद्यान्न, बिउबिजन, गोठ, खोरलगायतका संरचनामा भएको क्षतिको यकिन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
दसैँका लागि सुकिला नोट वितरण सुरु
दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ ।
आरोहण क्षेत्र प्रभावित
भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको हिमपातले आरोहण क्षेत्र प्रभावित भएको छ ।
महँगो मूल्य तिरे पनि पाइँदैन तरकारी
केही दिनदेखि उपभोक्ताले महँगो मूल्य तिरेर पनि ताजा तरकारी खान पाएका छैनन् । देशभर लगातार परेको पानीका कारण आएको बाढीले सडकलाई क्षति पुर्याएको छ ।
‘पेट्रोलियम पदार्थको तत्काल अभाव हुँदैन’
बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ ।
सर्वत्र विरोधपछि नियमित दरमै हवाई टिकट
चर्को सार्वजनिक विरोधपछि आन्तरिक वायु सेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन् ।
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय
विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्।
हवाई उडान आंशिक खुला
समका कारण शुक्रबारदेखि प्रभावित रहेको हवाई उडान शनिबार दिउँसोदेखि आंशिक सञ्चालनमा आएको छ ।
भित्रियो असी करोड लगानी
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८० करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
बाढीले बगायो ग्यास बुलेट
ललितपुरको बालकुमारीस्थित श्री भ्याली अटो ग्यास प्रालिमा रहेको ग्यास बुलेट बाढीले बगाएको छ ।
देशभर विद्युत् आपूर्ति प्रभावित
बिहीबारदेखि सुरु भएको निरन्तरको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
अत्यावश्यक खाद्यान्न अभाव नहुने, तरकारी बजारमा पाँच करोडको क्षति
अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।
‘नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक विविधता रहेको बताउनुभएको छ ।
स्याङ्जामा बाह्र शीतभण्डार
स्याङ्जामा ठुलो एक र साना ११ गरेर १२ वटा शीतभण्डार (कोल्ड स्टोर) रहेका छन् । सिजनमा उत्पादन भएको सुन्तलालाई बेमौसममा उपभोग र आलुलाई अर्को वर्षका लागि बिउ राख्ने उद्देश्यले यहाँ शीतभण्डार निर्माण गरिएको हो ।
दुध बेचेर एकै गाउँमा तीन करोड आम्दानी
बलेफी गाउँपालिका–४ र ५ बिन्ज्यालका स्थानीयले दुध बेचेर नै गाउँमा तीन करोड भित्र्याएका छन् । गाईभैँसी पालेर उनीहरूले दुई करोड ९८ लाख ८७ हजार रुपियाँ बराबर आम्दानी गरेका छन् । सिन्धुपाल्चोकमै बलेफी गाउँपालिकाको बिन्ज्यालगाउँले दुध बिक्री गरेर मनग्गे आम्दानी लिनेमा बर्सौंदेखि पहिलो गाउँ बन्दै आएको छ । गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर बेचेर स्थानीयले झन्डै तीन लाख रुपियाँ गाउँ भित्र्याएका हुन् ।
उखु र दुध किसानको भुक्तानी पक्रिया सुरु
सरकारले उखु र दुध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीका लागि गरेको पहल शुक्रबार अर्थ मन्त्रालयले उखुका लागि एक अर्ब ४५ करोड ३२ लाख रुपियाँ र दुधको रकम भुक्तानीका लागि ६० करोड रुपियाँ निकासा गरेको कृषि मन्त्रालयले जनाएको छ ।
अध्यक्ष चयन प्रक्रिया सुरु
करिब नौ महिनादेखि नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै २०८० पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन छ ।
राष्ट्रिय वाणिज्य बैंक र दुई रेमिटबीच भुक्तानी सम्झौता
विश्वका जुनसुकै देशबाट पनि निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ ।
दुई महिनामा सात अर्बको स्मार्टफोन आयात
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो।