• १४ असोज २०८१, सोमबार

बिस करोडको फलफूल नष्ट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । कुलेश्वरस्थित फलफूल बजारमा २० करोड रुपियाँ बराबरको फलफूल नष्ट भएको छ । 

वर्षाका कारणले गर्दा फलफूल बजार डुबान पर्दा सामान नष्ट भएको फलफूल तथा थोक व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अमर बानियाँले बागमती नदीको पानी तरकारी बजारभित्र पस्दा स्याउ खरबुजा, भुइँकटर, केरालगायतका फलफूल बगाएर लगेको र गोदामभित्र राखिएका फलफूल पानीको लेदो बसेर क्षति भएको जनकारी दिनुभयो । बर्सातले २० करोड रुपियाँभन्दा बढीको क्षति भएको जानकारी दिनुभयो ।

अधिकांश फलफूल पसल डुबानमा परेकाले माटोको लेदोले बचेका फलफूल पनि काम लाग्ने अवस्थामा नरहेको उहाँले जानकारी दिनुभयो । सोही स्थानमा रहेको खाद्यान्नका गोदाम पनि डुबानमा परेकाले धेरै क्षति भएको उहाँको भनाइ छ । फलफूल बजार नदीको किनारमै रहेकाले पनि ठुलो क्षति पुग्न गएको हो ।