कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ
ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताउनुभएको छ।
कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताउनुभएको छ।
अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक
मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् ।
नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।
कृष्णनगर विद्युत केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन
नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपियाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ ।
गोरखामा ८५ लाख ७१ हजार राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले एक वर्षको अवधिमा करिब ८५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव पाठकले जानकारी दिनुभयो ।
दाङमा जडीबुटी उत्पादन बढ्यो
दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
माग नभएपछि उत्पादन स्थगन गर्दै आइरन उद्योग
एक वर्षअघि मेल्टिङ प्लान्ट थप गरी उत्पादन सुरु गरेको सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर स्टिल उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगले एक सातायता फलामे डन्डी उत्पादन र स्पन्ज मेल्टिङ गर्ने दुवै काम स्थगन गरेको हो । उद्योग बन्द भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई भने बिदा दिइएको छैन । उद्योगले उत्पादन बन्द गरेर प्लान्ट तथा गोदाम सरसफाइमा ती मजदुरलाई खटाइरहेको छ ।
पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०र८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।
वैदेशिक व्यापारमा सङ्कुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात
मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९÷८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।
जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत
सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ । सङ्घबाट पुँजीगततर्फ छ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिनुभयो ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।
आन्तरिक राजस्व कार्यालयद्वारा छ अर्ब ६६ करोड राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।
सुनको मूल्य प्रतितोला एक सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।
‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे
बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।
महबाट वार्षिक अठतिस लाख कमाइ
एउटै पेसा व्यावसायमा निरन्तर मेहनत गर्ने हो भने आर्थिक उपार्जनका लागि न खेतीपाती गर्नुपर्छ, न त लाखौँ खर्चेर विदेश नै जानु पर्छ । २४ वर्षअघि मोरङको लेटाङ–९, जाँतेका इमानाथ पोख्रेलले ८० हजार रुपियाँ खर्चेर १० घार मौरी पाल्न थाल्नुभयो । तिनै मौरीले उहाँलाई अहिले सान, मान र दाम दिलाइरहेको छ ।
निकुञ्जले उठायो एक वर्षमा ३६ करोड राजस्व
चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा ३६ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । आव २०८०÷८१ को असार मसान्तसम्म ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपियाँ राजस्व सङ्कलन गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको राजस्वमध्ये सबैभन्दा धेरै पर्यटकबाट लिने शुल्क रहेको छ । कार्यालयका अनुसार एक आवमा पर्यापर्यटकबाट मात्रै ३० करोड ५७ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । वन पैदावार बिव्रmीबाट निकुञ्जले चार करोड ६५ लाख राजस्व सङ्कलन गरेको छ ।
सरकारले तिर्यो तीन खर्ब ऋण
सरकारले गत आर्थिक वर्ष २०८०-८१ मा तीन खर्ब पाँच अर्ब रुपियाँ ऋणको साँवाब्याज भुक्तानी गरेको छ । जुन अहिलेसम्मकै उच्च हो । त्यसअघिको आवको तुलनामा भने करिब ८३ अर्ब रुपियाँले बढी हो ।
निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत
चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।
बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’
बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।
बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता
गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।
बीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भेट्टाएन
मुलुको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आर्थिक वर्ष २०८०–८१ का लागि भन्सार बिभागले तोकेको लक्ष्यभन्दा झण्डै ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
सुनको मूल्य एक हजार तीन सयले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।
आयात घट्दा खुम्चियो राजस्व
भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।