उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
‘धनुषा र महोत्तरीमा मल अभाव छैन’
धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
एक वर्षमा रोजगारीका लागि विदेसिनेको सङ्ख्या सात लाखभन्दा बढी
गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् ।
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।
श्रम बैङ्कमार्फत ९११ जनाले प्राप्त गरे रोजगारी
काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमार्फत ९११ जनाले रोजगारी पाएका छन् । निजी क्षेत्रका कम्पनीमा ३२९ जना र महानगरका विभिन्न विभागमा ५८३ जनाले रोजगारी प्राप्त गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो
विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् ।
राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम
राष्ट्रिय प्राथमिकताका आयोजनामा अबदेखि दुई सिफ्टमा काम हुने व्यवस्था मिलाउनुपर्ने भएको छ । चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले त्यस्ता आयोजना समयमै सम्पन्न गराउन दुई चरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको हो ।
वारङ्गीमा कफीको व्यावसायिक खेती
मोरङको लेटाङ–७, वारङ्गीमा कफीको व्यावसायिक खेती गरिएको छ । वारङ्गीका ३४ वर्षीय राजविव्रmम राईले चार वर्षअघि व्यावसायिक रूपमा कफी खेती सुरु गर्नुभएको हो । सुरुमा अदुवा, कुचो र तेजपात (सिन्कौली) खेती गर्ने किसान अहिले कफी खेतीमा लागेका हुन् ।
चुहावट नियन्त्रण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
नेप्से परिसूचक ५४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।
सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत
सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिनुभयो ।
अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित
अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।
म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार
म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो ।
झन्डै साठी हजारलाई औसत असी दिन रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०-८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप्त गरेका छन् । सरकारले यो वर्ष ६० हजारलाई रोजगारी दिने लक्ष्य राखेकामा ६० हजार ५७१ जनाले रोजगारी पाएका हुुन् । नेपालभर आव २०८०-८१ मा सूचीकृत बेरोजगारको सङ्ख्या भने आठ लाख ५८ हजार १५४ रहेको छ ।
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो
एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०÷८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो ।
सेयर बजारले पार ग-यो २३ सयको विन्दु
सेयर बजारले २३ सयको विन्दु नाघेको छ । मङ्गलबार ७० अङ्कले उकालो लाग्दा भने कारोबार रकम पनि नौ अर्बभन्दा माथि लागेको छ । नेप्से परिसूचक २३ सयको विन्दुबाट माथि लाग्दा कारोबार रकम
जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।
आर्थिक अनुशासन र अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौँ : लेखा समिति
प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।
पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।
ताप्लेजुङबाट ४९ करोड बजेट फ्रिज
ताप्लेजुङबाट गत आर्थिक वर्षमा ४९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो।
नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण
नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।
नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०।८१ मा लक्ष्यभन्दा न्यून राजश्व सङ्कलन गरेको छ ।
चार करोडभन्दा बढी राजस्व सङ्कलन
म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिकमा चार करोड बढी आन्तरिक आम्दानी गरेको छ ।