आर्थिक अनुशासन सबैभन्दा महत्वपूर्ण हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताउनुभएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राजस्व सङ्कलन घट्दै गएपछि नेपालगन्ज भन्सारको लक्ष्य एक अर्ब घट्यो
गत तीन आर्थिक वर्षमा लगातार लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएपछि चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य गत आर्थिक वर्षको तुलनामा एक अर्ब घटाइएको छ ।
सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च
नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ ।
अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान द्वारिकाज होटल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । टल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
अमेरिकी डलर अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुव्रmबारका लागि एक अमेरिकी डलरको बिव्रmीदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
कर्जाको पुनर्तालिकीकरण भए धराशायी उद्योग बचाउन सकिन्छ : चेम्बरको सुझाव
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ मन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेतवार्ता गरेको हो ।
झापाको पुँजीगत खर्च ८७ प्रतिशत
गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपियाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।
गुल्मी प्रशासनमा ६ करोडभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा ६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
भैरहवा भन्सार : आयात घट्दा खुम्चियो राजस्व
भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
कोइलाबासमा बर्सेनी बढ्दै राजस्व सङ्कलन
दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।
कर्ममा रमाउँदै प्रसाईं
कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।
पोखराको राजस्व सङ्कलन लक्ष्य नजिक
सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरणमा पनि सो प्रभाव देखिएको जनाएको छ ।
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।
खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन
यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।
आयोजना बैङ्कलाई लागू गर्न सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैङ्कका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या उजागरमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
म्याग्दीमा शतप्रतिशत योजना कार्यान्वयन
जिल्लास्थित सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत योजना र कार्यक्रम कार्यान्वयन गरेको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको सबै योजना र कार्यक्रम कार्यान्वयन भएको हो ।
तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी
ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी गरिएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा आउँदा साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ को तयारी गरिएको हो।
शेयर बजारमा उछाल
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ ।
गत आर्थिक वर्षमा पाँच खर्ब ३१ अर्ब आन्तरिक राजस्व सङ्कलन
सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा एक खर्ब ४६ अर्ब रुपियाँ कम राजस्व सङ्कलन भएको हो ।
दाङमा संघको २८ र प्रदेशको ३० प्रतिशत बजेट फिर्ता
दाङमा संघीय सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा आएको पुँजीगत बजेटमध्ये २८.७७ प्रतिशत र प्रदेशको ३०.४८ प्रतिशत बजेट फिर्ता भएको छ ।
लक्ष्यभन्दा झण्डै पाँच अर्ब कम राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय दमौलीले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्यको ७६.५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
ताप्लेजुङमा १८ करोड ८७ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा आर्थिक वर्ष २०८०-८१ मा झण्डै उन्नाइस करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।
तीन सयले घट्यो सुनको मूल्य
बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।